बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 

सारांश

  •     बुधवार सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा बिष्णुपुर गाँउपालिका तथा बिद्यालयको संयोजनमा आयोजित कार्यक्रममा समुन्नती कार्यक्रम अन्तर्गत बालबिकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको अनुगमन गरिएको हो ।
  •     जनता आधारभुत बिद्यालय मुसहर्नियाँमा आयोजित बालबिकास केन्द्रको भवन र छात्रछात्राहरूका लागि सुबिधा सम्पन्न छुटै शौचालय भवन समेतको निर्माण कार्यको सम्पन्न भएको हो ।
  •     उक्त विद्यालयमा बालबिकास केन्द्र, बालवालिकाहरूको पहुँच हुने गरि निर्माण गरिएको शौचालय तथा संस्थाले बिद्यालयको जिर्ण भवनको समेत मर्मत सम्भार भएपछि यस बिद्यालयका कक्षा १ को तैयारी सँगै बालबालिकाको चौतरफी बिकासमा सहयोग पुग्ने बिश्वास लिएको समुन्नती कार्यक्रमका परियोजना संयोजक उम्देश्वर चौधरीले बताए ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन । 
    बालबालिकालाई रमाईलो बातावरणमा पठनपाठन सँगै सिकाई प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले सुबिधा सम्पन्न निर्माणधिन बालविकास केन्द्रको अनुगमन गरिएको छ ।
    बुधवार सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा बिष्णुपुर गाँउपालिका तथा बिद्यालयको संयोजनमा आयोजित कार्यक्रममा समुन्नती कार्यक्रम अन्तर्गत बालबिकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको अनुगमन गरिएको हो ।
    जनता आधारभुत बिद्यालय मुसहर्नियाँमा आयोजित बालबिकास केन्द्रको भवन र छात्रछात्राहरूका लागि सुबिधा सम्पन्न छुटै शौचालय भवन समेतको निर्माण कार्यको सम्पन्न भएको हो ।
    उक्त विद्यालयमा बालबिकास केन्द्र, बालवालिकाहरूको पहुँच हुने गरि निर्माण गरिएको शौचालय तथा संस्थाले बिद्यालयको जिर्ण भवनको समेत मर्मत सम्भार भएपछि यस बिद्यालयका कक्षा १ को तैयारी सँगै बालबालिकाको चौतरफी बिकासमा सहयोग पुग्ने बिश्वास लिएको समुन्नती कार्यक्रमका परियोजना संयोजक उम्देश्वर चौधरीले बताए ।
    जिल्लाको बिष्णुपुर गाँउपालिका वडा नम्वर ३ मुसहर्नियाँमा सेभ द सप्तरीको आयोजना तथा सेभद चिल्ड्रेनको सहयोगमा भौतिक पुर्वाधारको अनुगमन गरिएको छ ।
    भुकम्प प्रतिरोधात्मक निर्माणधिण बालबिकास केन्द्रमा हालसम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा बालबिकास केन्द्रमा १५ लाख ६९ हजार ४ सय ३९ रूपैया, शौचालयमा ११ लाख ७ हजार ७ सय २२ रूपैया, बिद्यालयको कक्षाकोठा मर्मत सम्भार ३ लाख १ हजार ८ सय ५३ र बिद्यालयको बाउन्ड्री मा १ लाख २० हजार ९ सय २२ गरि ३० लाख ९९ हजार ९ सय ३८ रूपैयाको लागतमा निर्माण गरिएको प्राबिधिक सत्यनारायण यादबले जानकारी दिए ।
    हालसम्म यस बालबिकास केन्द्र १० लाख ५६ हजार ६ सय २७ रूपैया ७१ पैसा जसमध्ये १९ हजार बिद्यालयले सहयोग गरेको प्राबिधिक सत्य नारायण यादबले बताए ।
    उक्त बिधालयमा बालबिकास केन्द्रको भबन नहुदाँ बालबालिकाहरूलाई पठनपाठन तथा सिकाई प्रक्रिया समस्या हुने गरेको अवस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालवालिकाको लागि ठुलो उपलब्धी भएको बिद्यालयका प्रअ देबन यादब बताए ।
    बालबिकास केन्द्रमा हाल ३ वटा बालवालिका अध्ययनरत रहेको यस बिद्यालयमा कक्षा १ देखी ८ कक्षा सम्म ३ सय ९१ छात्रछात्राहरू अध्ययनरत रहेको बिद्यालयका प्रअ यादबले जनाएको छ ।
    सो अवसरमा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देब, वडा सदस्य भोला साह, हरिश चन्द मण्डल, चनर देबी रजक, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम अधिकृत खिलनाथ निरौला, मातृत्व तथा नवजात शिशु स्वास्थ परियोजना संयोजक देबकृष्ण भगत, बृत तथा प्रशासकिय अधिकृत सुरेश यादब, बिद्यालय प्रअ देबन यादब, बिद्यालय ब्यबस्थापन समिति का जिवछ मण्डल, सेभद सप्तरीका प्राबिधिक सत्यनारायण यादब, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल