कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८३
|
|
११ पटक हेरिएको
Shares
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सारांश

  • यो सँगै हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ ।
  • तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ ।
  • जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा दशैंको रौनक नै राँगा बलि प्रदान हो ।
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
वडा दशैंको नवमीका दिन राँगा बली प्रदान गरिने परम्परा रहेको सप्तरीको कंकालिनि मन्दिरमा यस वर्ष ६ सय १४ बलि प्रदान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा ७५ वटा कम रहेको छ । गत वर्ष ६ सय ८९ वटा राँगा बलि प्रदान गरिएको थियो ।
यो सँगै हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा दशैंको रौनक नै राँगा बलि प्रदान हो ।
यसरी हेर्दा विगत तीन वर्षदेखी यस मन्दिरमा राँगको बलि प्रदान गर्ने संख्या घट्दै गएको छ । गत वर्ष २०८२ मा ६ सय ८९ तथा २०८१ मा ६ सय २८ राँग बलि प्रदान गरिएको मन्दिर समितिको तथ्याङ्कले देखाएको छ ।
विगत दश वर्षको तथ्याङ्क अनुसार राँगा बलि घट्दो छ । २०७४ मा ४ सय ९८, २०७५ मा ६ सय ३२, २०७६ मा ६ सय ४, २०७७ मा ३ सय ८५, २०७८ मा ७ सय ४४, २०७९ मा ६ सय ६९, २०८० मा ६ सय ३, २०८१ मा ६ सय २८, २०८२ मा ६ सय ८९ राँगा बलि प्रदान भएको मन्दिर समितिका अध्यक्ष श्यामसुृन्दर मण्डलले जानकारी दिए ।
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन संकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ दशैको ‘महानवमी’ को दिन राँगा बली प्रदान गर्ने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्छन् ।यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजया दशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो ।
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमी सम्म २५ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए । जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित यस मन्दिरमा यस वर्ष लाखौं श्रद्धालु आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ