जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी

राजविराज राजविराज
|
मंगलबार, चैत्र ७, २०७९
|
|
७१ पटक हेरिएको
Shares
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी

सारांश

  •     ५८औंँ अन्तर्राष्ट्रिय जातीय तथा रगंभेद उन्मूलन दिवस (मार्च २१, २०२३) को अवसरमा दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप ८ सप्तरीले मंगलबार आयोजना गरेको जातीय विभेदसम्बन्धी नीति र अभ्यासमा रहेको अन्तरविरोध विषयक अन्तरक्रियामा मन्त्री लेखीले सो कुरा बताएका हुन् ।
  •       मन्त्री लेखीले दलित समुदायले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकालाई शिक्षित बनाउनु आवश्यक रहकोेले दलित बालबालिका शिक्षित भएपछि मात्रै आप्mना अधिकारबारे कुरा उठाउन सक्ने बताए ।
  •     ‘जातिवाद तथा रंगभेदविरुद्ध तत्काल संंघर्ष’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल भन्ने ठाउँमा स्थानीय काला जातिका जनताले रंगभेदी कानुनविरुद्ध गरेको आन्दोलनले मधेसी र दलित समुदायका लागि विशेष महत्व राख्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखीले जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि व्यवहारमा भने अझै हट्न नसकेको बताएका छन् । 
    ५८औंँ अन्तर्राष्ट्रिय जातीय तथा रगंभेद उन्मूलन दिवस (मार्च २१, २०२३) को अवसरमा दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप ८ सप्तरीले मंगलबार आयोजना गरेको जातीय विभेदसम्बन्धी नीति र अभ्यासमा रहेको अन्तरविरोध विषयक अन्तरक्रियामा मन्त्री लेखीले सो कुरा बताएका हुन् । 
    मन्त्री लेखीले दलित समुदायले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकालाई शिक्षित बनाउनु आवश्यक रहकोेले दलित बालबालिका शिक्षित भएपछि मात्रै आप्mना अधिकारबारे कुरा उठाउन सक्ने बताए ।
    ‘जातिवाद तथा रंगभेदविरुद्ध तत्काल संंघर्ष’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल भन्ने ठाउँमा स्थानीय काला जातिका जनताले रंगभेदी कानुनविरुद्ध गरेको आन्दोलनले मधेसी र दलित समुदायका लागि विशेष महत्व राख्ने बताए । 
    कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपकुमार राय, कञ्चनरुप नपा ९ का वडाअध्यक्ष रामसुन्दर यादव, वडा नम्बर १ का वडाअध्यक्ष रब्बान खान, मञ्चका संस्थापक उपाध्यक्ष बच्चु सरबरिया, दलित समुदायका कार्यपालिका सदस्यहरुको संञ्जालका सप्तरी जिल्ला संयोजक अशोककुमार राम, सहसंयोजक राजेन्द्र विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति कञ्चनरुप नपाका रामदेश शर्मा खत्वे, जिल्ला सचिव सियाराम पासवान, कञ्चनरुप नपाका पूर्वकार्यपालिका सदस्य विमलादेवी दासलगायतले दलित समुदायमाथि अझै विभेद कायम रहेकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
    दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय सञ्ंजाल सप्तरी र नगरस्तरीय संयुक्त दलित संंघर्ष समिति, कञ्चनरुप नगरपालिका सप्तरीको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्लाभरीका दलित अगुवा,दलित समुदायका कार्यपालिका सदस्यहरु र अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन सुरुङ्गा नगरपालिकाका कार्यपालिका सदस्य शविदर्शन पासवानले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?