विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 

राजविराज राजविराज
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 

सारांश

  •     रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयको बुधबार राजविराजमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले सो कुरा बताउँदै यसका लागि विकासको मानसिकतामा परिवर्तन ल्याउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।
  •       उनले मानविय विकासका लागि स्तरिय शिक्षा र राम्रो स्वास्थ्य आवश्यक हुनाले यसका लागि गुणस्तरि शिक्षा र राम्रो स्वास्थ्य निर्माण गर्नुपर्ने बताए ।
  • उनले अहिले युवाहरु साँझ पर्ने बित्तिकै मदिराको लतमा पर्ने गरेको बताउँदै सो लतबाट छुटकारा पाउन यूवाहरुलाई दुध पिउन सल्लाह समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ असार ।
    उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले विकासका साथ साथै शिक्षा, स्वास्थ्य, आर्थिक लगायतका क्षेत्रमा प्रदेश २ अत्यन्त पछाडी रहेको बताएका छन् । 
    रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयको बुधबार राजविराजमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले सो कुरा बताउँदै यसका लागि विकासको मानसिकतामा परिवर्तन ल्याउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे । 
    उनले मानविय विकासका लागि स्तरिय शिक्षा र राम्रो स्वास्थ्य आवश्यक हुनाले यसका लागि गुणस्तरि शिक्षा र राम्रो स्वास्थ्य निर्माण गर्नुपर्ने बताए । उनले अहिले युवाहरु साँझ पर्ने बित्तिकै मदिराको लतमा पर्ने गरेको बताउँदै सो लतबाट छुटकारा पाउन यूवाहरुलाई दुध पिउन सल्लाह समेत दिए ।
    विगतको नीति निर्माणको समस्याका कारण प्रदेश २ कमजोर बनेकोले अब समाज परिवर्तनका लागि बिकृती र बिसंगति समाप्त पार्दै लैजानु पर्नेमा उनले जोड दिए । उनले मुलुकको विभिन्न घटना क्रमले राजनीति अगाडी बढेपनि सामाजिक चेतना र संस्कृती अगाडी बढ्न नसकेकोप्रति उल्लेख गरे । 
    चुनाव बाहेकको समयमा विकासलाई प्राथमिकता दिएर अगाडी बढे मात्र मुलुकको प्रगति हुने बताउँदै उनले कुनै दलले अर्को दललाई घोचपेच नगरि विकासीय कार्यमा ध्यान दिनु पर्ने जिकिर गरे । 
    प्रत्येक प्रदेशमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने सरकारी नीति अनुरुप नै प्रदेश २ सप्तरी सदरमुकाम राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्ने कुरामा कसैलाई शंका नगर्न आग्रह गर्दैै उनले यसका लागि जग्गा र बजेट समेतको व्यवस्था भइसेकेको बताए । आगामी केही दिनमै प्रतिष्ठानको भवन शिलान्यास हुन गइरहेको समेत उनले जानकारी गराए । 
    हाल सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल ३ सय ५० शैय्याको अस्पतालमा बिस्तार हुन गइरहेको जानकारी दिदै मन्त्री यादवले अस्पतालमा छुट्टै प्रसुती गृह, नरसिंङ कलेज, सिटि स्क्यान तथा छुट्टै प्रशासनिक भवन निर्माण कार्य समेत थालनी भइसकेको बताए । उनले अस्पतालको यही आधार मानेर आगामी आ.ब. देखी अस्पतालमा हेल्थ असिस्टेन्टको पढाई समेत सुरु हुनगइरहेको जानकारी दिए ।  
    त्यस्तै मन्त्री यादवले सप्तरीसँग टाँसिएको भारतीय सीमा नाका न्योर–राजविराज–रुपनी–गाईघाट–सोलुखुम्बु हुँदै चाइना बोर्डरसम्म राष्ट्रिय राजमार्गको योजना अगाडी बढिसकेको बताउँदै यसले सप्तरीको विकास मात्र नभएर प्रदेशका साथ साथै मुलुकको विकासमा समेत टेवा पुग्ने जिकिर गरे । 


    कार्यक्रममा प्रतिष्ठानका अध्ययन समिति संयोजक डा. सुबोध अधिकारी र इन्जिनियर सुनिल खडकाले प्रतिष्ठानका लागि हाललाई ६१ विगहा जमिन रहेकोले त्यसमा शैक्षिक भवन, मेडिकल भवन, प्रशासनिक भवन, दन्त रोग भवन, मुटु रोग सम्बन्धी भवन लगायतको निर्माण हुने जानकारी दिए । उनीहरुले प्रतिष्ठान संचालनमा आएपछि ११ जिल्लालाई सेवा दिन सक्षम हुने तथा एक करोड जनताले प्रत्यक्ष सेवा लिन सक्ने दाबी गरे । सो प्रतिष्ठान निर्माणका लागि ९ अर्ब बजेट लाग्ने समेत बताए । 


    जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा, प्रतिष्ठानका निर्देशक डा. संजय ठाकुर, जिसस सप्तरीका अध्यक्ष प्रभाकर यादव, राजविराजका प्रमुख शम्भु यादव, राजपाका जिल्ला संयोजक अमरनाथ मण्डल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, नेपाली काग्रेसका जिल्ला सभापति दिनेश यादव, नेकपाका प्रतिनिधि रामगमन साहलगायतका वक्ताहरुले प्रतिष्ठानको स्थापनाले जिल्लावासी हर्षित भएको उल्लेख गरे ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?