दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि करिब ४४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार आयोजित आगामी आर्थिक बर्ष २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुती तथा १२औं गाउँ सभामा ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट पेश गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले कुल बजेटको चालुतर्फ ३२ करोड ८८ लाख १५ हजार र पूँजिगत तर्फ १० करोड ९६ लाख ४ हजार रुपैयाँ रहेको जानकारी दिए ।
सो बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १० करोड ६७ लाख र सशर्त अनुदानतर्फ १९ करोड १० लाख, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारबाट राजश्व बाँडफाँडतर्फ ४५ लाख प्राप्त हुने अनुुमान गरिएको छ भने वित्तीय समानिकरणतर्फ ८० लाख, सशर्त अनुदानतर्फ ८० लाख, विशेष अनुदान ३० लाख र समपुरक अनुदानतर्फ २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए । कुल आन्तरिक आम्दानी २ करोड ६१ लाख ४० हजार रुपैयाँ अनुमान गरिएको छ ।
यस्तै लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (जेसी अडिट) को सुरुवात, बालमैत्री तथा बाल श्रममुक्त पालिका घोषणाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । ब्यवसायिक रुपमा पशुपालन ब्यवसाय गर्ने कृषकलाई सहकारी संस्थामार्फत ५० प्रतिशत निब्र्याजी ऋण उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने, कृषिलाई ब्यवसायिक तथा उत्पादनमुखी बनाउन गहुँ, धान र प्लाष्टिकको स्प्रेयर ५० प्रतिशत अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि विद्युतीकरणको लागि आवश्यक बजेट विनियोजन गरि कृषि विद्युतीकरणमा जोड दिइने नीति लिइएको छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने दलित, गरिब तथा जेहेन्दार बालबालिकाका लागि आवश्यक छात्रवृत्तिको ब्यवस्था गरिने, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम संचालन गरिने नीति लिइएको छ ।
पत्रकारिता जगतको संस्थागत विकासका साथै क्षमता विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, मैथिली साहित्य, भाषा, सँस्कृति क्षेत्रको संस्थागत तथा समुचित विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, पालिका भित्र रहेको सार्बजनिक संरचनाहरु (जस्तै पालिका भवन, स्वास्थ्य चौकी, बिद्यालय भवन, अन्य) लाई अपांगतामैत्री बनाइने, विपदको जोखिमबाट प्रभावित बर्गको रुपमा रहेको अपांगता भएका व्यक्तिहरुको लागि विपद पूर्वतयारी तथा प्रतिकार्यको लागि बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याइने नीति लिइएको छ ।
बाढीबाट अत्यधिक प्रभावित वडाहरुमा पूर्वानुमानमा आधारित विपद जोखिम न्युनीकरण कार्यक्रम संचालन गरिने, बढ्दो गर्मीलाई ध्यानमा राखी विभिन्न विकास साझेदारहरुसग मिलेर आवश्यक कार्यक्रमहरु संचालन गरिने, कक्षा ८ सम्म सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा विपद् जोखिम न्युनीकरण शिक्षालाई लागू गर्न आवश्यक ब्यवस्था मिलाइने, जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनीकरणका लागि युवा परिचालन अभियान संचालन गरिने तथा विशेष समावेशी तथा जलवायुमैत्री कार्यक्रमहरु संचालन गरिने नीति लिइएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
सो अवसरमा तिलाठी कोईलाडी गाउँपालिकाका योजना शाखा प्रमुख राजुकुमार झा, कृषि शाखा प्रमुख उदयकान्त झा, अशोककुमार मण्डल, पशु शाखा प्रमुख बद्रीनारायण मण्डल, सिअहेब अधिकृत मनोज कुमार देव र संजय कुमार ठाकुर, अनमी प्रकृति यादव, प्रधानाध्यापकद्वय प्रवीण कुमार कर्ण र केदार पण्डित, आलेप विध्या कार्की, फिल्ड सहायक रतनकुमार मिश्र, कार्यालय सहयोगीहरु जुगनु कुमार मण्डल, राजाराम मण्डल र पवन गिरीलाई कदर पत्र र गम्छाले सम्मान गरियो ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित १२औं गाउँ सभामा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, वडा अध्यक्षहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट
सारांश
- शुक्रबार आयोजित आगामी आर्थिक बर्ष २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुती तथा १२औं गाउँ सभामा ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट पेश गरिएको हो ।
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले कुल बजेटको चालुतर्फ ३२ करोड ८८ लाख १५ हजार र पूँजिगत तर्फ १० करोड ९६ लाख ४ हजार रुपैयाँ रहेको जानकारी दिए ।
- सो बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १० करोड ६७ लाख र सशर्त अनुदानतर्फ १९ करोड १० लाख, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया