दैनिक समाचारदाता
राजविराज, १० चैत ।
आइतबार दिउँसो काम विशेषले बजार निस्केका राजविराज ३ निवासी एक बृद्धको सडकमै ढलेर मृत्यु भएको छ ।
सप्तरी जिल्ला अदालत बार एशोसिएशनका सदस्य समेत रहेका ६७ वर्षिय अभिवक्ता उमेशनाथ शरणको यसरी मृत्यु भएको हो ।
झोला बोकेको एक बृद्ध सडकमा ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनलाई तत्कालै स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो । तर अस्पताल पु¥याउदा उनको मृत्यु भइसकेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मुटुको दिर्घ रोगी भएका कारण उनको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । परिवारजनका अनुसार मुटुमा समस्या भएका शरण दुई दिनअघि मात्र बिराटनगरबाट उपचार गराई घर फर्केका थिए ।
सडकमै ढलेर बृद्धको मृत्यु
सारांश
- सप्तरी जिल्ला अदालत बार एशोसिएशनका सदस्य समेत रहेका ६७ वर्षिय अभिवक्ता उमेशनाथ शरणको यसरी मृत्यु भएको हो ।
- झोला बोकेको एक बृद्ध सडकमा ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
- उनलाई तत्कालै स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया