दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
प्रदेश २ का भूमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साले आफ्नो निर्वाचन क्षेत्र विकासीय कोष अन्तर्गत सप्तरीको पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका ६९ छात्राहरुलाई साईकल वितरण गरेका छन् ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश सभासद मन्त्री साहको संसदीय विकासीय कोष अन्तर्गत उक्त विद्यालयका ६९ छात्रा र २ विद्यालयलाई जम्मा ७१ वटा साईकल मंगलबार वितरण गरेका हुन् । कक्षा ८ बाट उत्तिर्ण गरी कक्षा ९ मा अध्ययनरत ६९ जना छात्रालाई साईकल वितरण गरिएको जनाइएको छ ।
साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् । सामुदायिक र निजी विद्यालयमा देखिएको अन्तरलाई प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि विभिन्न नीति ल्याएको समेत बताए ।
विद्यालयका प्रधानाध्यापक प्रभास कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, समाजवादी फोरम नेपालका मधेश प्रदेशका मुख्य सचिव शम्भु कुमार झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने राजपा नेपाल सप्तरीका उपाध्यक्ष निरज कुमार झाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
६९ जना छात्रालाई साईकल वितरण
सारांश
- सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश सभासद मन्त्री साहको संसदीय विकासीय कोष अन्तर्गत उक्त विद्यालयका ६९ छात्रा र २ विद्यालयलाई जम्मा ७१ वटा साईकल मंगलबार वितरण गरेका हुन् ।
- कक्षा ८ बाट उत्तिर्ण गरी कक्षा ९ मा अध्ययनरत ६९ जना छात्रालाई साईकल वितरण गरिएको जनाइएको छ ।
- साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया