सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो

सारांश

  •     राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा लगाइएको ताला सहमति पश्चात् खोलिएको हो ।
  • दुबै स्थानमा सम्बन्धीत पालिकाका असन्तुष्ट वडाअध्यक्षहरुले नै तालाबन्दी गरेका थिए ।
  •       राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्षमा फागुन १ गते तालाबन्दी गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 

    विभिन्न विवादका कारण सप्तरीका दुई स्थानीय तहमा लगाइएको तालाबन्दी बुधबार सहमति पश्चात् खोलिएको छ ।
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा लगाइएको ताला सहमति पश्चात् खोलिएको हो । दुबै स्थानमा सम्बन्धीत पालिकाका असन्तुष्ट वडाअध्यक्षहरुले नै तालाबन्दी गरेका थिए । 
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्षमा फागुन १ गते तालाबन्दी गरिएको थियो । आफूलाई गैरकानुनी ढंगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरिएको भन्दै गुरुङ नगर कार्यपालिका र कार्यवाहक नगरप्रमुख इसरत परविनलाई विपक्षि बनाउँदै उत्प्रेशन मुद्दा लिएर अदालत पुगेपछि आक्रोसित बनेका केही वडाअध्यक्षले उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । 
    उच्च अदालत जनकपुर राजविराज इजलाशले गुरुङकै पक्षमा आदेश जारि गरेपनि दुबैबीच समझदारी बन्न नसक्दा गुरुङको कार्यकक्षमा तालाबन्दी कायमै रहेको थियो । जसकारण नगरपालिकाको दैनिकी कामकाजका साथै विभिन्न सेवाप्रवाह र आर्थिक कारोबार ठप्प भएको थियो ।
    प्रमुख जिल्ला अधिकारी किरण थापाको उपस्थितिमा बुधबार कार्यबाहक नगरप्रमुख परविन, प्रमुख प्रशासकीय अधिकृत गुरुङ, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको बैठकबसी सहमति गराइएपछि तालाबन्दी खुलेको हो । 
    सो क्रममा दुबै पक्षले एक अर्काको अधिकार क्षेत्रमाथी अनावश्यक हस्तक्षेप नगर्ने तथा नगरपालिकाको दैनिकी कामकाज, सेवा र विकास निर्माण कार्य प्रभावित हुन नदिन एक आपसमा समन्वय गरि अघि बढ्ने प्रतिबद्धता आएको बैठकमा सहभागि पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवले जानकारी दिए । 
    यस्तै विवादित जग्गाको सिफारिसको विषयलाई लिएर गत चार दिनअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा केही वडाअध्यक्षहरुले गरेको तालाबन्दी पनि बुधबारै खोलिएको छ । 
    संघर्ष समितिका संयोजक समेत रहेका वडा अध्यक्ष अरुण कुमार चौधरीसहितको टोली तथा गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको टोलीबीचको वार्तामा चार बुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । 
    यसअघि गाउँपालिका अध्यक्ष चौधरीले गरेको इटहर्वा बजारको जग्गा सिफारिस पत्रलाई संशोधन गरि भूमिसुधार तथा मालपोत कार्यालयलाई अर्को सिफारिस पत्र पठाउने, अब उपरान्त गाउँपालिकाको कामकाज प्रभावित हुने गरि कुनै कार्य नगर्ने÷गराउने, जनप्रतिनिधि र कर्मचारीमाथी सम्मानजनक व्यवहार गर्ने, कुनै समस्या भए वार्ता र छलफलका माध्यमबाट समाधान खोज्ने सहमति बनेको संघर्ष समितिले जनाएको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
एक सातादेखी वेपत्ता महिला फेला परे
एक सातादेखी वेपत्ता महिला फेला परे
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
याडियाको स्कुटर सप्तरीको बजारमा
याडियाको स्कुटर सप्तरीको बजारमा
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ