दैनिक समाचारदाता
राजविराज, २० असार ।
प्रदेश २ का सभामुख सरोजकुमार यादवले संघीयता आएपछि गाउँ–गाउँमा सिंहदरबारको साटो राजदरबार खडा भएको आरोप लगाएका छन् ।
सभामुख यादवले भने, “स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसके पनि उनीहरु आफूलाई राजा भन्दा कम ठान्ने गरेका छैनन् ।”
सप्तरी जिल्ला सभालाई आईतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले भने, “संघीयता अनुसार हाल काम भइरहेको छैन, जसकारण जनता खुशी छैनन् ।”
हाल जनताको पक्षमा काम नभइरहेको मात्र आफ्नो मान्छे भन्दै बजेट दिने र जसरी पनि सिध्याउने कार्य हावी भएको आरोप लगाए ।
सभामुख यादवले जनताको प्रतिनिधी बनेर केन्द्रमा र प्रदेशमा गएका सांसदहरु जिल्ला सभामा उपस्थित नहुनु बिडम्बनाको कुरा भएको बताए । जिल्ला सभामा संघीय सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यलाई निम्ता गरी बोलाइएपनि कोहि उपस्थित भएनन् ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा राम्रो काम गरेको भन्दै कर्मचारी नवराज खड्का, कमलेश्वर बिराजी, गंगाराम साहलाई सम्मान गरिएको थियो ।
जिल्लामा उत्कृष्ट नगरपालिकामा कंचनरुप र गाउँपालिकामा रुपनीलाई समेत सम्मान प्रदान गरिएको थियो ।
गाउँ–गाउँमा सिंहदरबारको साटो राजदरबार खडा भयो ः सभामुख यादव
सारांश
- सभामुख यादवले भने, “स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसके पनि उनीहरु आफूलाई राजा भन्दा कम ठान्ने गरेका छैनन् ।
- ” सप्तरी जिल्ला सभालाई आईतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले भने, “संघीयता अनुसार हाल काम भइरहेको छैन, जसकारण जनता खुशी छैनन् ।
- ” हाल जनताको पक्षमा काम नभइरहेको मात्र आफ्नो मान्छे भन्दै बजेट दिने र जसरी पनि सिध्याउने कार्य हावी भएको आरोप लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया