दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले हिन्दुराष्ट्र घोषणा, राजतन्त्र पुनः स्थापना, संघीयता खारेजी तथा पक्राउ परेका आफ्ना नेता÷कार्यकर्ताको रिहाईको मागँ गर्दै मंगलवार राजविराजमा प्रर्दशन गरेको छ ।
सो पार्टीको अगुवाईमा राजावादीहरुले प्रर्दशन गर्दै “राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता÷कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका क्रममा प्रधानमन्त्रीको राजिनामा माग्नुका साथै सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो । नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना दिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
सो क्रममा उक्त टोलीले प्रमुख जिल्ला अधिकारी दाहालका साथै सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुको हातहातमा उपहार स्वरुप फुल प्रदान गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह, केन्द्रिय सदस्य जया महतो, उमेश प्रसाद साह, युृवा नेता सुरेश साहका साथै स्थानीयको सहभागिता रहेको थियो ।
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
सारांश
- सो पार्टीको अगुवाईमा राजावादीहरुले प्रर्दशन गर्दै “राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता÷कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
- प्रर्दशनका क्रममा प्रधानमन्त्रीको राजिनामा माग्नुका साथै सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो ।
- नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना दिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया