मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस

राजविराज राजविराज
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
७५ पटक हेरिएको
Shares
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस

सारांश

  •     आउनै लागेको दिपावली र छठपर्व समेतलाई लक्षित गरी प्रहरीले राजविराजका मठ–मन्दिर र जलाशयहरुको सरसफाई अभियान थालेको हो ।
  •     ७०औं प्रहरी दिवसको अवसर पारेर बिहीबार राजविराजस्थित चण्डी भगवती मन्दिरको हाताभित्र रहेको भगवती पोखरीका साथै भगवती मन्दिर, हरिनन्देश्वर महादेव मन्दिर र हनुमान मन्दिर परिसरको सरसफाई गरेका छन् ।
  •     अभियानका संयोजक एवं मधेश प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजका बरिष्ठ प्रहरी उपरीक्षक भिम दाहालले नजिकिएको तिहार तथा छठपर्वलाई लक्षित गरी यसपल्ट नगरका जलाशय र मठ मन्दिरको सरसफाई गरी ७०औं प्रहरी दिवस मनाउन लागिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३० असोज ।

    राजविराजस्थित विभिन्न मन्दिर तथा जलाशयको सरसफाई गर्दै प्रहरीले ७०औं स्थापना दिवस मनाएको छ ।
    आउनै लागेको दिपावली र छठपर्व समेतलाई लक्षित गरी प्रहरीले राजविराजका मठ–मन्दिर र जलाशयहरुको सरसफाई अभियान थालेको हो ।
    ७०औं प्रहरी दिवसको अवसर पारेर बिहीबार राजविराजस्थित चण्डी भगवती मन्दिरको हाताभित्र रहेको भगवती पोखरीका साथै भगवती मन्दिर, हरिनन्देश्वर महादेव मन्दिर र हनुमान मन्दिर परिसरको सरसफाई गरेका छन् ।
    अभियानका संयोजक एवं मधेश प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजका बरिष्ठ प्रहरी उपरीक्षक भिम दाहालले नजिकिएको तिहार तथा छठपर्वलाई लक्षित गरी यसपल्ट नगरका जलाशय र मठ मन्दिरको सरसफाई गरी ७०औं प्रहरी दिवस मनाउन लागिएको बताए ।
    लक्ष्मी पुजा र छठपर्वका बेला मन्दिर र जलाशय किनारहरुमा भक्तजनको अत्याधिक भीडभाड हुने गरेको र प्रहरीले सरसफाईमा सघाएपछि भक्तजनलाई सहज हुने हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीले भने ।
    सरसफाई अभियानमा तालिम केन्द्रका महिला र पुरुष गरी तीन सय सुरक्षाकर्मी खटाइएको मधेश प्रदेश तालिम केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र