दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेवि संघको अध्यक्षलाई लिएर भइरहेको प्रचारबाजीप्रति नेपाली काँग्रेस सप्तरीले आफ्नो प्रष्टनेक्ति दिएको छ ।
काँग्रेस पार्टी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति दिनेश कुमार यादवले तरुण दल जिल्ला समिति कारवाहीमा परेकोले कुनै समिति नरहेको र नेवि संघको अध्यक्षमा धनानन्द यादव नै रहेको स्पष्ट पारेका छन् ।
भातृ संगठन नेपाल विद्यार्थीसँघ भित्रको विवादका कारण दुई नेतृत्व चर्चामा आएपनि अधिकारीक भने घनानन्द यादव नेतृत्वको समिति नै रहेको उनले प्रस्ट समेत पारे ।
पत्रकार सम्मेलनमा सभापति यादवले केन्द्रिय समितिबाट पनि नेविसंघ सप्तरीको सभापतिमा घनानन्द यादव नै रहेको सर्कुलर जारी गरी सकेको अवस्थामा पार्थौ सरकारले नेविसंघ सप्तरीको सभापतिको हैसियतले प्रेस विज्ञप्ती जारी गर्नु हास्यास्पद र संगठनको अनुशासन विपरीत कार्य भएको बताए ।
उनले यस सम्बन्धमा विहिबारै अनुशासन समितिको गठन गरी छानविन र कारवाही थालिने बताए । काँग्रेसको अर्का प्रभावशाली भातृ संगठन तरुण दलमा पनि देखिएको विवाद अहिले सम्म समाधान हुन नसकेको उनले बताए ।
पत्रकार सम्मेलनमा काँग्रेस सभापति यादवले तरुणदलको अध्यक्ष हाल कसैलाई नबनाईएको स्पष्ट पार्दै कसैले तरुण दलको अध्यक्षको हैसियतले कामकारवाही तथा विज्ञप्ती जारी गर्दा अधिकारिकता बारे आफुसँग एक पल्ट सोधेर मात्र कलम चलाउन पत्रकारहरुलाई आग्रह पनि गरे ।
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
सारांश
- काँग्रेस पार्टी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति दिनेश कुमार यादवले तरुण दल जिल्ला समिति कारवाहीमा परेकोले कुनै समिति नरहेको र नेवि संघको अध्यक्षमा धनानन्द यादव नै रहेको स्पष्ट पारेका छन् ।
- भातृ संगठन नेपाल विद्यार्थीसँघ भित्रको विवादका कारण दुई नेतृत्व चर्चामा आएपनि अधिकारीक भने घनानन्द यादव नेतृत्वको समिति नै रहेको उनले प्रस्ट समेत पारे ।
- पत्रकार सम्मेलनमा सभापति यादवले केन्द्रिय समितिबाट पनि नेविसंघ सप्तरीको सभापतिमा घनानन्द यादव नै रहेको सर्कुलर जारी गरी सकेको अवस्थामा पार्थौ सरकारले नेविसंघ सप्तरीको सभापतिको हैसियतले प्रेस विज्ञप्ती जारी गर्नु हास्यास्पद र संगठनको अनुशासन विपरीत कार्य भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया