दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले आफ्नो करतुुत लुकाउन लठैत प्रयोग गरि मंगलबार दुव्र्यहार गरेका छन् ।
गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।
सोही समाचार संकलनमा गएका पत्रकारहरुमाथी अध्यक्ष मण्डल तथा उनका लठैतले अभद्र व्यवहार गरेका हुन् । रिपोटिङमा गएका पत्रकारहरुलाई थुन्नुका साथै लठैत लगाएर माइक खोस्दै दुव्र्यवहार समेत गरे ।
रिपोटिङ गरिरहेका बेला कान्तिपुर टिभिका सप्तरी संवाददाता आरएन विश्वासको क्यामराको माइक अध्यक्ष मण्डलसहितका टोलीले खोसेका थिए । सोही क्रममा राजविराज दैनिकका समाचार संयोजक नवीनकुमार गुप्ता र नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द रामको मोबाइल खोस्ने प्रयास गर्नुका साथै ढोका लगाएर अभद्र व्यवहार समेत गरिएको थियो । विश्वास पत्रकार महासंघ सप्तरीका सचिव हुन भने गुप्ता कोषाध्यक्ष र राम कार्यसमितिका सदस्य हुन् ।
पत्रकार महासंघका सचिव समेत रहेका पत्रकार विश्वासले आफ्नो कालो करतुत सार्वजनिक हुने भयले अध्यक्ष मण्डलले लठैत समेतको प्रयोग गरि आफूहरुलाई त¥याउन खोजेको बताए । उनले अध्यक्ष मण्डलका साथै उनीसँगै आएका जितेन्द्र मण्डल, संजिव मण्डल, रामबिलास यादव, रामअवतार मण्डल र घन्सी मण्डल लगायत ८ देखी १० जनाले आफूहरुसँग दुरव्र्यहार गरेको बताए । दुव्र्यहार गर्ने मध्येका रामबिलास यादव उक्त पालिकाको स्टोर शाखाका इन्चार्ज हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले एक प्रेस विज्ञप्ति मार्फत सो घटनाको घोर भत्र्सना गर्दै दोषिमाथी कडा कारवाहीको माग गरेको छ । महासंघका सभापति श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा सार्वजनिक ओहदामा पुगेपछि त्यसको मर्यादा राख्नु जो सुकैको पदीय दायित्व हुने भन्दै यसमा अध्यक्ष मण्डल चुकेको र तानाशाही व्यबहार देखाएको उल्लेख छ ।
अध्यक्ष जस्तो पदमा बसेका व्यक्तिले कानुनले बन्देज गरेको कार्य गरेको भन्दै पालिकामा लगाइएको सिसि टिभि फुटेज तथा अन्य प्रत्यक्षदर्शीको बयानको आधारमा अनुसन्धान अघि बढाई दोषिमाथी अविलम्ब कारवाही गर्न समेत प्रेस विज्ञप्तिमार्फत माग गरिएको छ ।
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
सारांश
- गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।
- सोही समाचार संकलनमा गएका पत्रकारहरुमाथी अध्यक्ष मण्डल तथा उनका लठैतले अभद्र व्यवहार गरेका हुन् ।
- रिपोटिङमा गएका पत्रकारहरुलाई थुन्नुका साथै लठैत लगाएर माइक खोस्दै दुव्र्यवहार समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया