आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव

राजविराज राजविराज
|
सोमबार, माघ १९, २०८२
|
|
२० पटक हेरिएको
Shares
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव

सारांश

  •     प्रेस मञ्च सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
  •     भदौं २३ गतेको आन्दोलनमा भएको बर्बर दमनबाट २४ गते विध्वंश भई ह्याइज्याकरहरुले विद्रोह मचाएको बताउँदै यादवले ८० बर्षकी वृद्धा नयाँ प्रधानमन्त्री बन्नु र महानगरपालिकाको मेयरबाट राजीनामा दिदै प्रधानमन्त्री बन्न उद्दत हुँदैमा आन्दोलनको भावना लाई समेटन नसकेको जकिर गरे ।
  •       नेता यादवले संविधानमा नमिलेका कुरा संशोधन वा पुनर्लेखनका माध्यमबाट मिलाउनका लागि संघर्ष गर्न पनि आफुहरुको पार्टीले मत पाउनु पर्ने दावी दोहोर्याए ।

दैनिक समाचारदाता
राजविराज, १९ माघ ।

    पूर्व मन्त्री एवं जनता समाजवादी पार्टी नेपालबाट सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उमेश कुमार यादवले जेनजीहरुको दुई दिनकै छोटो आन्दोलनले तत्कालिन सरकार ढलेको भएपनि आन्दोलनको भावना अनुसार काम हुन नसकेको टिप्पणी गरेका छन् ।
    प्रेस मञ्च सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
    भदौं २३ गतेको आन्दोलनमा भएको बर्बर दमनबाट २४ गते विध्वंश भई ह्याइज्याकरहरुले विद्रोह मचाएको बताउँदै यादवले ८० बर्षकी वृद्धा नयाँ प्रधानमन्त्री बन्नु र महानगरपालिकाको मेयरबाट राजीनामा दिदै प्रधानमन्त्री बन्न उद्दत हुँदैमा आन्दोलनको भावना लाई समेटन नसकेको जकिर गरे । 
    नेता यादवले संविधानमा नमिलेका कुरा संशोधन वा पुनर्लेखनका माध्यमबाट मिलाउनका लागि संघर्ष गर्न पनि आफुहरुको पार्टीले मत पाउनु पर्ने दावी दोहोर्याए ।
    आफू नौ महिनका लागि सिंचाई मन्त्री बन्दा सप्तरी लगायत मुलुक भरीकै लागि अघि बढाएका योजना तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यकालमा भएका विकासिय कार्यक्रमको समेत फेहरिस्त प्रस्तुत गर्दै उनले त्यसप्रति आगामीे निर्वाचनमा जनताले यथोचित मुल्यांकन गर्ने विश्वास व्यक्त गरे ।
    प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलमा सञ्चारकर्मीहरु संगै जसपा नेपालका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?