दैनिक समाचारदाता
राजविराज, १ असार ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित जनचेतना रा.प्रा.वि. बल्थीमा दिवा खाजा कार्यक्रममा अनियमितता भएको विद्यालय व्यवस्थापन समिति तथा स्थानिय अभिभाबकहरुले आरोप लगाएका छन् ।
सो विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको आरोप लगाए ।
व्यवस्थापन समितिका सदस्य अमलादेवी सदाले केही दिन अघि खाजा कार्यक्रमका लागी २२ हजारको खाजा सामग्री राजविराजबाट खरीद गरी ल्याएकोमा विद्यालय प्रशासनको मिलोमतोमा चोरी भएको जानकारी दिइन् ।
विद्यालयमा बाल विकासमा १० जना, कक्षा १ मा ३० जना, कक्षा २ मा २५ जना, कक्षा ३ मा २३ जना, कक्षा ४ मा २४ जना, कक्षा ५ मा १८ जना बिद्यार्थी अध्ययनरत छन ।
स्थानिय अभिभावक मो. दाउदका अनुसार विद्यालयको पाठ्यपुस्तक खरीदमा समेत अनियमितता तथा भ्रष्टाचार भएको छ ।
दिवा खाजा कार्यक्रममा अनियमितता भएको आरोप
सारांश
- सो विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले प्रधानाध्यापक मो.
- गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको आरोप लगाए ।
- व्यवस्थापन समितिका सदस्य अमलादेवी सदाले केही दिन अघि खाजा कार्यक्रमका लागी २२ हजारको खाजा सामग्री राजविराजबाट खरीद गरी ल्याएकोमा विद्यालय प्रशासनको मिलोमतोमा चोरी भएको जानकारी दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया