आचारसंहिताको पालना गर्नुपर्नेमा जोड

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
आचारसंहिताको पालना गर्नुपर्नेमा जोड

सारांश

  •     दलहरुको प्रचारप्रसारमा कुनैपनि मिडिया र पत्रकार लाग्न नहुने भन्दै वक्ताहरुले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापुर्वक सम्पन्न गराउन सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।
  •     राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मतदाता शिक्षासँग सम्बन्धित विषयवस्तु मिडियामार्फत प्रवाह गरी मतदातालाई मनपरेको उम्मेदवार छनोट गर्न सहज बनाउने भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने बताए ।
  •       अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केही पत्रकार तथा सञ्चार माध्यमहरु निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत चुनावी प्रचारमा संलग्न भएकोले यस्तो कार्यबाट निष्पक्षता माथि प्रश्न उठ्ने हुँदा जिम्मेवार भएर पत्रकारिता गर्न संञ्चारकर्मीहरुसंग आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारगृहले निर्वाचन आचारसंहिताका साथै पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिइएको छ ।
    दलहरुको प्रचारप्रसारमा कुनैपनि मिडिया र पत्रकार लाग्न नहुने भन्दै वक्ताहरुले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापुर्वक सम्पन्न गराउन सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।
    राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मतदाता शिक्षासँग सम्बन्धित विषयवस्तु मिडियामार्फत प्रवाह गरी मतदातालाई मनपरेको उम्मेदवार छनोट गर्न सहज बनाउने भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने बताए । 
    अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केही पत्रकार तथा सञ्चार माध्यमहरु निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत चुनावी प्रचारमा संलग्न भएकोले यस्तो कार्यबाट निष्पक्षता माथि प्रश्न उठ्ने हुँदा जिम्मेवार भएर पत्रकारिता गर्न संञ्चारकर्मीहरुसंग आग्रह गरे । 
    रासस राजविराज सप्तरीका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बिष्णुकुमार मंडल, बैद्यनाथ झा, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउत सहितका वक्ताहरुले पत्रकार र सञ्चारमाध्यमले निष्पक्षता कायम राख्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे ।
    कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र न्योपाने, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रोशन बुढाथोकी सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
खाद्य स्वच्छताका लागि सचेतना 
खाद्य स्वच्छताका लागि सचेतना 
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले  
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले  
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी