दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको खडक नगरपालिका ८ ढोलबजा र बोदेबर्साइन नगरपालिका २ नेङ्गरा बैरिया, जोगियाँ जाँजरको पावन भुमिमा लोक नायक दिनाभद्रीको तेस्रो महोत्सव मुसहर समुदायले मनाए । नेपालका विभिन्न जिल्लाहरुबाट आएका मुसहर समुदायको उपस्थितिमा राष्ट्रिय स्तरको तेस्रो मेला महोत्सव मनाइएको हो ।
कार्यक्रमको शुरुवातसँगै मन्त्री, सांसदहरु, दलित अधिकारकर्मीहरु, मुसहर अगुवाहरुले दिनाभद्रीको पावन भुमिमा संकल्प गर्दै दिनाभद्रीको पोखरी, इनार, अतिक्रमण गरिएको जग्गा, तिर धनुष, दिनाभद्री आश्रम, दिनाभद्रीको क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा तथा दिनाभद्रीलाई राष्ट्रिय विभुतिको रुपमा घोषणा गराउन संकल्प गरेका थिए ।
मुसहर समुदायको अगुवाहरु तथा अधिकारकर्मीहरुको सबै भन्दा पछाडी पारिएको मुसहर समुदायको उत्थान गरे पछि मात्र देशको विकास हुने विचार राखेका थिए । नेपाल राष्ट्रिय मुसहर सघंको महासचिव रामस्वरुप सदाले अब मुसहर समुदाय अधिकार प्राप्तिको लागी अगाडी बढीसेकेकाले सरकार मसहरुहरुको मुद्दाहरुप्रति सम्वेदनशील नभए कडा भन्दा कडा आन्दोलन गरी ५० हजार भन्दा बढीको सख्यामा एकै पटक नेपाल भरी अनसन बस्ने चेतावनी दिए ।
सो महोत्सवमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, रुवी कर्ण, अभिशेष यादव, पुर्व मन्त्री उमेश यादव, बोदे वर्साइनका प्रमुख, खडक नगरपालिका प्रमुख, मुसहर सांसद फुलिया सदाय, पुर्व सांसद असर्फी सदा, नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सद, महासचिव रामस्वरुप सदाय, नगर प्रमुख गंगा पासवान लगायत मुसहर अगुवाहरु, दलित अधिकारकर्मी दादिराम परियार तथा कालाकारहरुको उपस्थिति रहेका थिए ।
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले
सारांश
- कार्यक्रमको शुरुवातसँगै मन्त्री, सांसदहरु, दलित अधिकारकर्मीहरु, मुसहर अगुवाहरुले दिनाभद्रीको पावन भुमिमा संकल्प गर्दै दिनाभद्रीको पोखरी, इनार, अतिक्रमण गरिएको जग्गा, तिर धनुष, दिनाभद्री आश्रम, दिनाभद्रीको क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा तथा दिनाभद्रीलाई राष्ट्रिय विभुतिको रुपमा घोषणा गराउन संकल्प गरेका थिए ।
- मुसहर समुदायको अगुवाहरु तथा अधिकारकर्मीहरुको सबै भन्दा पछाडी पारिएको मुसहर समुदायको उत्थान गरे पछि मात्र देशको विकास हुने विचार राखेका थिए ।
- नेपाल राष्ट्रिय मुसहर सघंको महासचिव रामस्वरुप सदाले अब मुसहर समुदाय अधिकार प्राप्तिको लागी अगाडी बढीसेकेकाले सरकार मसहरुहरुको मुद्दाहरुप्रति सम्वेदनशील नभए कडा भन्दा कडा आन्दोलन गरी ५० हजार भन्दा बढीको सख्यामा एकै पटक नेपाल भरी अनसन बस्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया