दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाको नेत्र गुम्बाबाट आइतबार चोरी भएका बुद्धको मूर्ती र अन्य सामाग्रिहरुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरी गरेको आरोपमा स्थानीय २२ वर्षिय बिशाल राई बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार चोरी भएका सामानहरु रुपनीस्थित कवाडमा बिक्री गरेको अवस्थामा स्थानियहरुले खोजतलास गर्ने क्रममा बरामद गरिएको थियो ।
बरामद भएका सामानहरुमा पितलको धुप देखाउने कुम्भे एक थान, घण्टिको डन्टि १ थान, पितलको बत्ति काछ ८९ वटा गरि जम्मा ९२ वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो गुम्बाबाट बुद्धको मुर्ती एक थान, करुवा लोटा एक थान, घण्टी एक थान, स्टिलको कचौरा १० थान, नगद ५ सय ३५, काछको बत्ती १ सय ८, पञ्च बत्ती पाँच थान चोरी भएको थियो ।
सामानहरु बरामद भएको कवडी पसलमा सोधपुछ गर्दा प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राईको घरमा प्रहरीले खान तलासी गर्दा अन्य समानहरु समेत फेला परेकोले बरामद सामानसहित राईलाई नियन्त्रणमा लिईएको जनाइएको छ ।
गुम्बाबाट चोरी भएका सामानसहित राई पक्राउ
सारांश
- प्रहरीले चोरी गरेको आरोपमा स्थानीय २२ वर्षिय बिशाल राई बुधबार पक्राउ गरेको हो ।
- प्रहरीका अनुसार चोरी भएका सामानहरु रुपनीस्थित कवाडमा बिक्री गरेको अवस्थामा स्थानियहरुले खोजतलास गर्ने क्रममा बरामद गरिएको थियो ।
- बरामद भएका सामानहरुमा पितलको धुप देखाउने कुम्भे एक थान, घण्टिको डन्टि १ थान, पितलको बत्ति काछ ८९ वटा गरि जम्मा ९२ वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया