दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारीको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ ।
सो अस्पतालमा फर्मासिस्ट पदमा कार्यरत राजविराज नगरपालिका वडा नं. २ निवासी २८ वर्षिय ती कर्मचारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनी राजविराजस्थित साईकृष्ण मेडिकल कलेज आइसोलेसन केन्द्रमा कात्तिक १५ गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि भर्ना भएका थिए ।
बुधबार बिहान चिया, नास्ता खाएर सामान्य अवस्थानमा रहेका उनको अचानक मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ड डा. रन्जितकुमार झाले जानकारी दिए ।
डा. झाका अनुसार उनमा कुनै रोग थिएन् । राजविराजस्थित आइसोलेनमा हालसम्म भर्ना भएकामध्येबाट पहिलो मृत्यु भएको निमित्त मेसु झाले बताए ।
यसैगरि सप्तरीकोे अग्निसाइर कृष्णासावरण गाउँपालिका वडा नं. ५ का ६२ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश यादवले आफूलाई मृत्यु सम्बन्धी जानकारी ढिलो प्राप्त भएको बताए । उनका अनुसार ती व्यक्तिमा ज्वरो आएपछि उपचारका लागि कात्तिक ८ गते नोबेल मेडिकल कलेज लगिएकोमा सोही दिन उनको स्वाब परिक्षण गर्दा १२ गते रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा कात्तिक १३ गते उनको मृत्यु भएको हो ।
यता सप्तरीमा १ हजार ६ सय ३१ जना कोरोना संक्रमित भएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय संक्रमणमुक्त भई घर फर्किएको तथा २ सय ४ जना अझ सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु
सारांश
- सो अस्पतालमा फर्मासिस्ट पदमा कार्यरत राजविराज नगरपालिका वडा नं.
- २ निवासी २८ वर्षिय ती कर्मचारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- उनी राजविराजस्थित साईकृष्ण मेडिकल कलेज आइसोलेसन केन्द्रमा कात्तिक १५ गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि भर्ना भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया