जसपा नेपालद्वारा बिरोध प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, मंसिर २९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
जसपा नेपालद्वारा बिरोध प्रदर्शन

सारांश

  •     जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा निकालिएको बिरोध प्रदर्शनमा प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, केन्द्रिय सदस्य पुनम यादवका साथै जसपा नेपालका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
  •       नगर क्षेत्रमा गरिएको प्रदर्शन पश्चात् स्थानीय नेता चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।
  • बिरोध सभालाई प्रदेश सांसदद्वय साह र यादव, क्षेत्रिय अध्यक्ष मनोज बहरखेर यादव, प्रदिप मण्डल, जसपा जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, जसपा नेपाल मधेश प्रदेश कमिटिका पूर्व सदस्य बिनोद यादव, नविनित झा, विद्यार्थी नेता केदार प्रसाद यादव, महिला नेतृ रमिला साह लगायतले सम्बोधन गर्दै जसपा नेपालले उठाएका माग सम्बोधन नगरिए आनदोलन चर्काउने चेतावनी दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 

    विभिन्न २८ बुँदे माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ । 
    जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा निकालिएको बिरोध प्रदर्शनमा प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, केन्द्रिय सदस्य पुनम यादवका साथै जसपा नेपालका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 
    नगर क्षेत्रमा गरिएको प्रदर्शन पश्चात् स्थानीय नेता चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । बिरोध सभालाई प्रदेश सांसदद्वय साह र यादव, क्षेत्रिय अध्यक्ष मनोज बहरखेर यादव, प्रदिप मण्डल, जसपा जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, जसपा नेपाल मधेश प्रदेश कमिटिका पूर्व सदस्य बिनोद यादव, नविनित झा, विद्यार्थी नेता केदार प्रसाद यादव, महिला नेतृ रमिला साह लगायतले सम्बोधन गर्दै जसपा नेपालले उठाएका माग सम्बोधन नगरिए आनदोलन चर्काउने चेतावनी दिएका थिए । 
    जसपा नेपालले संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने लगायतका माग उठाउदै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
बिउ, मल, खादको व्यवस्था गर्न माग
बिउ, मल, खादको व्यवस्था गर्न माग
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान