दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले तीन दिवसीय कार्यक्रमसहित यस वर्षको गणतन्त्र दिवस मनाउने भएको छ ।
गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजविराज दैनिकसँग कुराकानी गर्दै यस वर्षको गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री लेखीले भने, “गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गर्न लागेको हो । उनले थपे, “यस बाहेक प्रदेश सरकारले संचारकर्मीहरुको जिवन वीमाका लागि आगामी बजेटमा रकम बिनियोजन गर्दै छ ।”
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु, उनीहरुको दुःख, कष्टमा थोरै भएपनि सहयोग गर्नेतर्फ लागिपरेको छु ।” उनले भने– पत्रकारिता क्षेत्रको बृद्धि, विकासका लागि म कटिबद्ध छु ।”
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई तथा रक्तदान, १५ गते “गणतन्त्रको उपलब्धी र चुनौती” सम्बन्धी विचार गोष्ठी, प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान तथा जेठ १६ गते जनकपुरस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई दिवा भोजन खुवाउने कार्यक्रम तय गरिएको मन्त्री लेखीले बताए ।
वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी
सारांश
- गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजविराज दैनिकसँग कुराकानी गर्दै यस वर्षको गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।
- प्रदेश सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री लेखीले भने, “गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गर्न लागेको हो ।
- उनले थपे, “यस बाहेक प्रदेश सरकारले संचारकर्मीहरुको जिवन वीमाका लागि आगामी बजेटमा रकम बिनियोजन गर्दै छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया