जनमतको बृहत प्रदर्शन एवं महा¥याली

राजविराज राजविराज
|
शुक्रबार, पौष ३०, २०७८
|
|
७७ पटक हेरिएको
Shares
जनमतको बृहत प्रदर्शन एवं महा¥याली

सारांश

  •     राजविराजस्थित राजरंगशालमा गाउँ गाउँबाट हलो, कोदालो, मलको खाली बोरा, कृषि सम्बन्धी घरेलु सामाग्रिसहित हजारौंको संख्यामा आएका पार्टीका कार्यकर्ता तथा किसानहरुको सहभागितामा महा¥यालीको आयोजना गरिएको हो ।
  •       ¥यालीका सहभागिहरुले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।
  • नगर परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगेर आयोजित सभालाई जनमत पार्टीका केन्द्रिय उपमहासचिव इन्द्रजित यादव, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह लगायतले सम्बोधन गर्दै किसानहरुको माग पुरा नगरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० पुस । 
    किसानहरुको समस्या समाधान गर्न लगायत १२ बुँदे मागसहित आन्दोलनरत जनमत पार्टीले शुक्रबार राजविराजमा बृहत प्रदर्शनसहित महा¥याली निकालेको छ । 
    राजविराजस्थित राजरंगशालमा गाउँ गाउँबाट हलो, कोदालो, मलको खाली बोरा, कृषि सम्बन्धी घरेलु सामाग्रिसहित हजारौंको संख्यामा आएका पार्टीका कार्यकर्ता तथा किसानहरुको सहभागितामा महा¥यालीको आयोजना गरिएको हो । 
    ¥यालीका सहभागिहरुले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगेर आयोजित सभालाई जनमत पार्टीका केन्द्रिय उपमहासचिव इन्द्रजित यादव, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह लगायतले सम्बोधन गर्दै किसानहरुको माग पुरा नगरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
    उनीहरुले आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाएर कारवाही चलाएको भन्दै त्यस्तो मुद्दा अविलम्ब फिर्ता लिन माग समेत गरेका छन् । किसानलाई परिचयपत्र बनाई पेन्सनको व्यवस्था, कालिनाली विमाको सुनिश्चितता, समयमै मलखाद, विउविजनको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरिय समितिको गठन, प्रहरीले पक्राउ गरेका आन्दोलनकारीहरुको रिहाई लगायतका माग उनीहरुले अघि सारेका छन् । 
    ¥याली अघि पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई किसानहरुसँग सम्बन्धीत माग पुरा गराउन ज्ञापनपत्र समेत बुझाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?