राजविराज÷डोम समुदायका एक बालकलाई राजविराजस्थित सामाजिक कार्यमा काम गर्ने एक संस्थाले अभिभावकत्व ग्रहण गरेको छ ।
शिव केयर नेपाल नामक संस्थाले शनिबार एक कार्यक्रमबीच राजविराज ६ का १४ वर्षिय प्रकाश मरिकको अभिभावकत्व ग्रहण गरेको हो ।
पारिवारिक अवस्था अत्यन्त कमजोर, घर जग्गा समेत नरहेको र उनका बुबा पूर्ण अपाङ रहेको प्रकाश राजविराजस्थित केअ माविमा कक्षा ९ मा अध्ययनरत छन् । उनी सो कक्षाका प्रथम विद्यार्थी समेत हुन् ।
संस्थाले मरिककै घरमा पुगेर एक कार्यक्रमको आयोजना गरि कक्षा ९ देखी दश जोड दुई सम्मको पढाईको सम्पूर्ण खर्च व्यहोर्ने उद्घोष गरेको छ । कार्यक्रमकी अध्यक्ष तथा सस्थाका उपाध्यक्ष समेत रहेकी लक्ष्मी चौधरीले मरिकलाई तीन दर्जन कपी, तीन दर्जन डटपेन, एक जोड चप्पल तथा स्कुल पोषाक सर्टपेन्ट दुई÷दुई जोड प्रदान गरिन् ।
सोही कार्यक्रममा संस्थाका सल्लाहकार डा. शिव शंकर यादवले मरिकको पढाईका लागि डे«स, कपी, कलम, ट्युसन फि र स्कुल फि समेत संस्थाले नै व्यहोर्ने जानकारी दिएका छन् ।
सोही कार्यक्रममा संस्थाका अर्का सल्लाहकार तथा कार्यक्रमका विशिष्ट अतिथी सूर्यनाथ यादव, सचिव रमानन्द यादव, सहसचिव कल्पना देव लगायतका संस्थाका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
सारांश
- संस्थाले मरिककै घरमा पुगेर एक कार्यक्रमको आयोजना गरि कक्षा ९ देखी दश जोड दुई सम्मको पढाईको सम्पूर्ण खर्च व्यहोर्ने उद्घोष गरेको छ ।
- कार्यक्रमकी अध्यक्ष तथा सस्थाका उपाध्यक्ष समेत रहेकी लक्ष्मी चौधरीले मरिकलाई तीन दर्जन कपी, तीन दर्जन डटपेन, एक जोड चप्पल तथा स्कुल पोषाक सर्टपेन्ट दुई÷दुई जोड प्रदान गरिन् ।
- सोही कार्यक्रममा संस्थाका सल्लाहकार डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया