दैनिक समाचारदाता
राजविराज, १ साउन ।
झण्डै डेढ महिनादेखी सप्तरीको तिरहुत गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच विभिन्न विषयमा मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज भएको छ ।
उपभोक्ता समिति र विभिन्न निर्माण कार्यको भुक्तानी असार ३१ गतेसम्म पनि हुन नसक्दा उक्त रकम फ्रिज भएको हो ।
विभिन्न सम्पन्न योजनाको उपभोक्ता समितिलाई भुक्तानी नदिएका कारण सबै भन्दा बढी प्रदेशस्तरिय विकासीय बजेटको रकम फ्रिज भएको गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरले जानकारी दिएका छन् ।
उपभोक्ता समितिको दबाब तथा कार्यालयको कामकाज समेत प्रभावित बन्दै गएपछि शुक्रबार बहडखेरले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत साहका कारण यस्तो समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।
झण्डै दुई महिना अघि मात्र सप्तरीकै रुपनी गाउँपालिकाबाट महदेवा गाउँपालिका कार्यालयमा सरुवा भई आएकी तर, महदेवाबाट एक÷दुई दिनमै सरुवा भई तिरहुत आएकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र अध्यक्षबीच मतभेद हुँदा प्रधानमन्त्री तराई मधेश समृद्धि कार्यक्रम तथा प्रदेश सरकारको सशर्त अनुदान तर्फको गरि करिब २ करोड ५० लाख रुँपैया फ्रिज भएको हो ।
गाउँपालिकाको विभिन्न वडामा संचालित सडक ढलान, माटो ग्राभेल, विद्यालय र मन्दिर भवन निर्माण योजनाको काम वापत दिनु पर्ने भुक्तानी रकम फ्रिज हुँदा आफूहरु समस्यामा परेको भन्दै सम्बन्धीत योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गरेका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत साहमाथी कारवाहीको माग गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य समक्ष निवेदन पनि पेश गरेको उपभोक्ता समितिका अध्यक्ष रमानन्द चौधरीले बताए ।
कतिपयले ऋण कर्जा लिएर काम गरेको बताउँदै उनीहरुले काम गरेपनि भुक्तानी नपाउँदा कसैलाई मुखै देखाउन नसक्ने अवस्थामा पुगेको पीडा समेत पोखेका छन् । प्रशासकीय अधिकृत साह विभिन्न बहाना बनाई नियमित रुपमा कार्यालयमा नआउने तथा फोन गर्दा पनि नउठाएको उनको भनाई छ ।
गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खत्वेले पनि प्रमुख प्रशासकीय अधिकृत साहकै कारण सम्पन्न भएको योजनाको भुक्तानी रोकिएको बताइन् । उनले उपाध्यक्ष अनुगमन समितिको संयोजक रहने व्यवस्था भएपनि अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत ंसाहले आफूलाई बेवास्ता गरि एक्लै अनुमगनमा जाने गरेको सुनाइन् ।
यता प्रमुख प्रशासकीय अधिकृत साहले आफूमाथी लगाइएको आरोप गलत भएको दाबी गर्दै अधुरो योजनाको पनि पुरै भुक्तानी मागेपछि असहमति जनाई भुक्तानी रोकेको बताइन् । गाउँपालिकामा संचालित केही योजना पूरा नभइकन पूरै भुक्तानी दिनका लागि दबाब समेत आएको उनको भनाई छ ।
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
सारांश
- उपभोक्ता समिति र विभिन्न निर्माण कार्यको भुक्तानी असार ३१ गतेसम्म पनि हुन नसक्दा उक्त रकम फ्रिज भएको हो ।
- विभिन्न सम्पन्न योजनाको उपभोक्ता समितिलाई भुक्तानी नदिएका कारण सबै भन्दा बढी प्रदेशस्तरिय विकासीय बजेटको रकम फ्रिज भएको गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरले जानकारी दिएका छन् ।
- उपभोक्ता समितिको दबाब तथा कार्यालयको कामकाज समेत प्रभावित बन्दै गएपछि शुक्रबार बहडखेरले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत साहका कारण यस्तो समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया