दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सप्तरीले पक्राउ परेका आफ्ना नेताहरुको रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महासचिव धमव शमशेर राणासहितका नेताहरूको रिहाईको माग गर्दै आइतबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
स्थानीय गजेन्द्र चौकबाट निकालिएको मसाल जूलुस कंचनपुर रोडको हनुमान मन्दिरमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहले सरकारले पक्राउ गरेका नेतालाई रिहा नगरेसम्म आन्दोलन जारी रहने उद्घोष गरे ।
प्रदर्शन क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विरोध समेत गरेका थिए ।
राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । उक्त घटनासँग जोडेर सरकारले राप्रपाका दुई नेतालाई पक्राउ गरेको थियो ।
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस
सारांश
- राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महासचिव धमव शमशेर राणासहितका नेताहरूको रिहाईको माग गर्दै आइतबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
- स्थानीय गजेन्द्र चौकबाट निकालिएको मसाल जूलुस कंचनपुर रोडको हनुमान मन्दिरमा गएर कोणसभामा परिणत भएको थियो ।
- कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहले सरकारले पक्राउ गरेका नेतालाई रिहा नगरेसम्म आन्दोलन जारी रहने उद्घोष गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया