दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा शुक्रबारदेखि पाँचा मेयरकप २०७९ फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको सम्पन्न उद्घाटन खेलमा मलिथम फुटबल टिम उदयपुर विजयी भएको छ । शम्भुनाथ फुटबल क्लब शम्भुनाथलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल टिम विजयी भएको हो ।
दोश्रो हाफको १५ औं मिनेटमा शम्भुनाथ क्लबले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर दोश्रो हाफको २६ औं मिनेटमा मलिथमले गोल गरी खेललाई बराबरीको अवस्थामा पु¥एको थियो । खेल सकिन केही मिनेट मात्र बाँकी रहदाँ मलिथमले दोश्रो गोल गरी खेल आफ्नो पक्षमा पारेको थियो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका गरी बिभिन्न १० क्लबको सहभागिता रहेको छ । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका कार्यबाहक नगरप्रमुख अनिता कुमारी चौधरीले उद्घाटन गरे । खेलकुद समितिका अध्यक्ष मो. जाहुर मियाँको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
मेयर कपमा उदयपुरको विजयी सुरुवात
सारांश
- प्रतियोगिताको सम्पन्न उद्घाटन खेलमा मलिथम फुटबल टिम उदयपुर विजयी भएको छ ।
- शम्भुनाथ फुटबल क्लब शम्भुनाथलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल टिम विजयी भएको हो ।
- दोश्रो हाफको १५ औं मिनेटमा शम्भुनाथ क्लबले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया