कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
८९ पटक हेरिएको
Shares
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

सारांश

  • कञ्चनरुप नगरपालिकाको सहयोगमा मिशन मधेश मिडिया प्रालिले आयोजना गरेको तालिमको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नगरप्रमुख ललन प्रसाद गुप्ताले व्यानर वाचन गरेर उद्घाटन गरे ।
  • कार्यक्रममा नगरप्रमुख गुप्ताले पत्रकारहरुकै कारण देशमा लोकतन्त्र आएको बताए ।
  • उनले देशमा भएको विभिन्न आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पत्रकारहरु नै लोकतन्त्रको सच्चा पहरेदार भएकाले आफ्नो पालिकाको सबै वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले यस्तो तालिम राखिएको स्पष्ट पारे ।
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबारदेखि तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
कञ्चनरुप नगरपालिकाको सहयोगमा मिशन मधेश मिडिया प्रालिले आयोजना गरेको तालिमको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नगरप्रमुख ललन प्रसाद गुप्ताले व्यानर वाचन गरेर उद्घाटन गरे ।
कार्यक्रममा नगरप्रमुख गुप्ताले पत्रकारहरुकै कारण देशमा लोकतन्त्र आएको बताए । उनले देशमा भएको विभिन्न आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पत्रकारहरु नै लोकतन्त्रको सच्चा पहरेदार भएकाले आफ्नो पालिकाको सबै वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले यस्तो तालिम राखिएको स्पष्ट पारे ।
उनले तालिमका सहभागीहरुलाई तालिम लिएपछि नगरपालिकाको विकास र सत्यको पक्षमा कलम चलाउन आग्रह गरे । “राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्न सत्य तथ्यको आधारमा पत्रकारले समाचार लेख्नुपर्छ” उनले भने ।
कसैप्रति इष्र्याको भावना राखेर एकपक्षिय र मिथ्या समाचार लेख्ने काम नगर्न सुझाव दिदै उनले निष्पक्ष पत्रकारितामा लाग्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए । “तालिमबाट पत्रकार र पत्रकारिताबारे ज्ञानसीप सिक्नुस् र आचारसंहिता भित्र रहेर पत्रकारिता गर्नुस्, यसले यो नगरपालिकाको मात्र नभई समग्र जिल्ला र देशको विकासमा योगदान गर्नुस् भन्ने शुभकामना छ” नगरप्रमुख गुप्ताले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले सहभागीहरुलाई तालिम लिएर पत्रकारितामा आउन आग्रह गरे । उनले पत्रकारिता गर्न इच्छुकहरुलाई आफुले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
मिशन मधेश मिडिया प्रालिका प्रबन्धक रामानन्द देवको अध्यक्षतामा आयोजित उद्घाट्न सत्रमा तालिमका प्रशिक्षक विनय कुमार लाल कर्णले सहभागीहरुलाई तालिममा सीप सिकेर त्यसको उपयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला