खरानीमा गहना खोज्दै अग्निपीडित

राजविराज राजविराज
|
आइतबार, बैशाख २७, २०८३
|
|
३९ पटक हेरिएको
Shares
खरानीमा गहना खोज्दै अग्निपीडित

सारांश

  •     सम्पतीका नाममा भएका केही सुन, चाँदीका गरगहना तथा नगद समेत जलेपछि अग्निपीडितहरु खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् ।
  •       अघिल्लो दिन शानिबार साझ ७ बजे तिर भएको आगलागीमा परी सो वडाका जुगाई यादव, जोगिीन्द्र यादव, गीरिजा यादव, पिंकी कुमारी यादव, राजेन्द्र यादव, धिरेन्द्र यादव, राजकुमार यादव, रामअवतार यादव लगायत १० परिवारका २० घर जलेर पूर्ण रुपमा खरानी भएको छ ।
  •       स्थानीय बासीन्दाहरुका अनुसार टोलका अधिकांश पुरुष छिमेकी टोलमा एक बैवाहिक कार्यक्रममा गएका बेला अचान आगलागी सुरु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ६ बभनगामा टोलमा आगलागी भएको भोलि पल्ट आईतबार बिहानैदेखि अग्निपीडितले आफ्ना सम्पती मध्ये केही जोगियो कि भन्ने आशमा खरानीमा खोजि रहेका छन् । 
    सम्पतीका नाममा भएका केही सुन, चाँदीका गरगहना तथा नगद समेत जलेपछि अग्निपीडितहरु खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् । 
    अघिल्लो दिन शानिबार साझ ७ बजे तिर भएको आगलागीमा परी सो वडाका जुगाई यादव, जोगिीन्द्र यादव, गीरिजा यादव, पिंकी कुमारी यादव, राजेन्द्र यादव, धिरेन्द्र यादव, राजकुमार यादव, रामअवतार यादव लगायत १० परिवारका २० घर जलेर पूर्ण रुपमा खरानी भएको छ । 
    स्थानीय बासीन्दाहरुका अनुसार टोलका अधिकांश पुरुष छिमेकी टोलमा एक बैवाहिक कार्यक्रममा गएका बेला अचान आगलागी सुरु भएको थियो । 
    विद्युत सर्ट भई जुगाई यादवको गाई गोठबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर १० परिवारलाई बेघर बनाएको हो । 
    स्थानीयबासिका साथै हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुण यन्त्र तथा प्रहरीको सहयोगमा ३ घण्टाको प्रयास पछि आगोमाथि नियन्त्रण कायम गरिएको थियो । 
    अग्निपीडितहरुले घरका साथै लताकपडा, भाडाकुडा, खाद्यन्न तथा सुन चाँँदीका गरगहना र नगद समेत गरी ५० लाख बराबरको सम्पत्ती जलेर खरानी भएको बताएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डम्बर बहादुर पुरीले आगलागिबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएका छन् । 
    यसैबीच सप्तरी उद्योग वाणिज्य संघले अग्निपीडितहरूलाई आइतबार प्रति परिवार चामल २५ केजी, भुजा ३ केजी, दाल २ केजी, खाने तेल २ लिटर, नुन २ केजी, पानी १ कार्टुन, त्रिपाल १ थान र आलु १० केजीका दरले बितरण गरेको छ । 
    यस्तै राससका अनुसार सप्तरीको रूपनी गाउँपालिका १ रूपनी बस्ने ३० वर्षीय रामलखन यादवको घरमा आइतबार बिहान आगलागी हुँदा करिब १ लाख ८४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के