दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।
नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनले मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरी राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।”
विधमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेपनि कतै कतैबाट आउने बिरोधलाई रोक्न शासन शैलीमा भएका कमिकमजोरी हटाउँदै अघी बढ्नु पर्ने उनको भनाई थियो । उनले सरकारले आफ्नो कमिकमजोरी भए त्यसलाई सुधारेर जनविश्वास कायम गर्दै अघि बढ्नु आवश्यक रहेको सुझाव समेत दिए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता महतले आगामी मंसिरमा पार्टी अधिवेशन भएको चार वर्ष पुग्ने भएपनि थप एक वर्ष बढाइने संकेत गरे । उनले भने, “विधान तहत थप डेढ वर्ष बढाउने हामीलाई सुविधा छ, यसबारे केन्द्रिय समितिको बैठकबाट टुंगो लगाउन बाकी नै छ ।”
पार्टीमा संगठन भन्दा पनि कतै कतै व्यक्तिवादी चरित्र हावी हुन थालेको टिप्पणी गर्दै उनले व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीको हितलाई प्राथमिकतामा राखी काम गर्न आवश्यक रहेको बताए ।
प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कुमार कर्णको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको समेत उपस्थिति रहेको थियो ।
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत
सारांश
- नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनले मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
- राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरी राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।
- ” विधमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेपनि कतै कतैबाट आउने बिरोधलाई रोक्न शासन शैलीमा भएका कमिकमजोरी हटाउँदै अघी बढ्नु पर्ने उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया