सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या

राजविराज राजविराज
|
मंगलबार, जेठ १६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या

सारांश

  •     २१ दिन अघि हत्या भएको यादवको हत्याका आरोपी उनकै प्रेमी राजविराज नगरपालिका ६ पुर्णी पोखरी टोल वस्ने ४२ वर्षिय शंकर शर्मालाई प्रहरीले सोमबार सार्वजनिक समेत गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले उनले आफैले हत्या गरेको स्वीकार गरेको जानकारी समेत दिए ।
  •       हत्या घट्ना २०८० वैशाख २४ गते भएपनि अपराधीको खोजतलास, अनुसन्धान तथा अदालतमा म्याद थप लगायतका प्रक्रिया पुरा गर्न समय लागेकाले घट्ना विवरण र यसमा संलग्न अपराधी सार्वजनिक गर्नं ढिलाई भएको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १६ जेठ । 

    १० बर्षदेखी सँगै लिभिङ टुगेदरमा बसेका प्रेमीले प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । सप्तरीको बलानविहुल गाउँपालिका ५ घर भई हाल राजविराज नगरपालिका वडा नं. ४ बजरंग टोलमा डेरा भाडामा वस्दै आएकी एकल महिला ४१ वर्षिया सोनिता देवी यादवको हत्या उनकै प्रेमिबाट भएको सप्तरी प्रहरीले खुलासा गरेको छ । 
    २१ दिन अघि हत्या भएको यादवको हत्याका आरोपी उनकै प्रेमी राजविराज नगरपालिका ६ पुर्णी पोखरी टोल वस्ने ४२ वर्षिय शंकर शर्मालाई प्रहरीले सोमबार सार्वजनिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले उनले आफैले हत्या गरेको स्वीकार गरेको जानकारी समेत दिए । 
    हत्या घट्ना २०८० वैशाख २४ गते भएपनि अपराधीको खोजतलास, अनुसन्धान तथा अदालतमा म्याद थप लगायतका प्रक्रिया पुरा गर्न समय लागेकाले घट्ना विवरण र यसमा संलग्न अपराधी सार्वजनिक गर्नं ढिलाई भएको प्रहरीको भनाई छ ।
    शर्मालाई प्रहरीले गत वैशाख २६ गते नै भारतीय सिमासँग जोडिएको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रबाट लुकिछिपी वसेको अवस्थामा पक्राउ गरेको तथा उनको साथबाट मृतक सोनिताको मोबाईल र कानमा लगाउने सुनको मुन्द्रा समेत बरामद गरेको प्रहरीले जनाएको छ । 
    गत वैशाख २४ गते आफ्नै डेरामा सोनिताको हत्या भएको थियो । विवाहित समेत रहेका शर्मा विगत १० वर्षदेखि एकल महिला सोनितासंग प्रेम सम्बन्धमा रहेको अनुसन्धानको क्रममा खुलेको छ । समस्या परेका वेला सोनितालाई आर्थिक सहयोग समेत जुटाई दिदै उनले घनिष्ठता प्रगाढ बनाएका थिए । केही समय यता सोनिताको अन्य पुरुषसँग पनि निकटता बढ्दै गएको र आफुलाई धोखा दिन खोजेको महशुस भएपछी दुबै बीच मनमुटाव सूरु भएको शर्माले प्रहरी बयानमा उल्लेख गरेका छन् । 
    प्रहरीका अनुसार घट्नाका दिन दुबै जनाले चाउचाउ पकाएर संगै बसी खाएका थिए । राती १०÷११ बजे तीर “तिम्रो लागी धेरै रकम र समय बर्वाद गरे, तर तिमी अब अर्कै केटाहरुसंग लागेको देख्ने गरेको छुँ” भन्दै शर्माले कुरा उठाएपछी दुबै बीच विवाद चर्केको अनुसन्धानको क्रममा बुझिएको प्रहरीको भनाइ छ । त्यसपछी अचानक शर्माले सोनितालाई धक्का दिएको तथा खाटमा लडेपछी सोनिताकै सलबाट घाँटीमा कसेर मारेको अनुसन्धानको क्रममा खुलेको डिएसपी सिहले बताए । 
    सोनितको मृत्यु भएको बारे ढुक्क भएपछी उनको मोबाईल र कानमा लगाएको सु्नको मुन्द्रा झिकेर आफु सोही राती भारत विहार राज्यको अन्ध्ररामन्ठ ग्राम पंचायततर्फ भागेको र एक दिन वसी फर्किदा सिमाक्षेत्रबाट पक्राउ परेको शर्माले बताएका छन् । उनले भारतको अन्धरामण्ठबाट मृतक कै मोवाईल प्रयोग गरी आफ्नो दिदीलाई घट्नाको बारेमा जानकारी गराउँदै एक पटक घट्नास्थलमा गई त्यहाको माहोल के छ ? भनी बुझी खबर गर्न भने पनि दिदी डरले घट्नास्थलमा नगएको प्रहरी अनुसन्धानमा खुलेको छ । 
    प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले शर्मालाई मुलुक अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड