दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
सप्तरी जिल्लामा मंगलबार दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एक साताअघि कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा एकै दिन चार जनाको स्वाव परिक्षण पश्चात् दुई जना संक्रमित भएपछि स्थानिय त्रसित भएका छन् ।
राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष तथा रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचरी हुन् । दुबै जनालाई अहिले होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालामा चार जनाको परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
पछिल्लो पटक पिसिआर परिक्षण गरिएका चारै जना स्वेक्षाले जचाउन आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. रन्जित झाले बताए ।
दुई जनामा कोरोना संक्रमण पुष्टि हुनु चिन्ताको विषय भएको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह गरे ।
सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
सारांश
- राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष तथा रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचरी हुन् ।
- दुबै जनालाई अहिले होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया