दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरी जिल्लामा हालसम्म १० हजार भन्दा बढी व्यक्तिको स्वाब संकलन गरिएको छ ।
शुक्रबारसम्ममा जिल्लामा कुल १० हजार ८ सय ७ जनाको स्वाब संकलन गरिएको जसमध्ये ९ हजार ८ सय ५ जनाको पिसिआर परिक्षण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसरी सम्पन्न पिसिआर परिक्षणबाट हालसम्म ९ हजार १ सय ७८ जनाको नेगेटिभ तथा ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै कुल संक्रमित मध्ये १ सय ११ जना साईकृष्ण मेडिकल कलेज, ३४ जना तिलाठी कोइलाडी गाउँपालिका तथा ४४ जना होम आइसोलेशनमा रहेको र अन्य निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा शुक्रवार थप १२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ३९ पुगेको छ ।
शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा १२ जनाको पोजेटिभ र ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराज वडा नं. ४ का ३ जना, वडा नं. २, ५ र ६ का एक÷एक जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै खडक नगरपालिकाका तीन तथा सप्तकोशी नगरपालिका, बोदेबरसाईन नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । यसअघि बिहीबार राती पनि थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सारांश
- शुक्रबारसम्ममा जिल्लामा कुल १० हजार ८ सय ७ जनाको स्वाब संकलन गरिएको जसमध्ये ९ हजार ८ सय ५ जनाको पिसिआर परिक्षण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- यसरी सम्पन्न पिसिआर परिक्षणबाट हालसम्म ९ हजार १ सय ७८ जनाको नेगेटिभ तथा ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
- यस्तै कुल संक्रमित मध्ये १ सय ११ जना साईकृष्ण मेडिकल कलेज, ३४ जना तिलाठी कोइलाडी गाउँपालिका तथा ४४ जना होम आइसोलेशनमा रहेको र अन्य निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया