दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
नेपाली काँग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशन अन्तरगत निर्वाचन मंगलबार हुने भएको छ ।
शनिबार विवादका बीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने जनाइएको छ । अब उक्त निर्वाचन राजविराजस्थित पविमावि हुने लगभग तय भएको छ ।
यसअघि निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।
पटक पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखी हुने भनिएको निर्वाचन १० बजेदेखी मात्र सुरु भएको थियो ।
रुपनी गाँउपालिका वडा न ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगि बनेको भन्दै विवाद उत्पन्न भएको थियो ।
सो विवाद उत्पन्न भएपछि केही मतपत्र च्यातिएको प्रत्यक्षदर्शी काँग्रेसी नेताहरुले जनाएका छन् । कुल २ हजार ५ सय ३५ मतदाता मध्ये दिउँसो ४ बजेसम्म ६ सय ३ मत मात्र खसेको थियो ।
निर्वाचन समितिले क्षेत्र नं. १ देखि ४ सम्म अलग अलग बुथ राखेपनि महिला र पुरुषलाई एउटै बुथमा राखेपछि बिवादको अर्को कारण बनेको थियो । एउटै बुथमा महिला पुरुष राखेपछि एक मतदातालाई धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यताले व्यवस्थापन भद्रगोल अवस्था देखिएको थियो ।
नयाँ नेतृत्वका लागि सभापति पदमा संस्थापन पक्षतर्फबाट शत्रुधन प्रसाद यादव र इतर पक्षतर्फबाट रामदेव साहको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
सारांश
- शनिबार विवादका बीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने जनाइएको छ ।
- अब उक्त निर्वाचन राजविराजस्थित पविमावि हुने लगभग तय भएको छ ।
- यसअघि निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया