ब्राउन सुगरसहित दुई जना पक्राउ

राजविराज राजविराज
|
आइतबार, आषाढ ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित दुई जना पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा भारत बिहार राज्यअन्तरगत मधुवनी जिल्ला थाना जयनगर ग्रामपँचायत बेतौन्हा वडा न.
  • ८ वस्ने २९ वर्षिय सन्तोष कुमार साह र सिरहा नगरपालिका १७ निवासी १९ वर्षिय सुरज कुमार पासवान रहेका छन् ।
  •       मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.

दैनिक समाचारदाता
राजविराज, ३ असार । 

    सप्तरी प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 
    पक्राउ पर्नेमा भारत बिहार राज्यअन्तरगत मधुवनी जिल्ला थाना जयनगर ग्रामपँचायत बेतौन्हा वडा न. ८ वस्ने २९ वर्षिय सन्तोष कुमार साह र सिरहा नगरपालिका १७ निवासी १९ वर्षिय सुरज कुमार पासवान रहेका छन् । 
    मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ भारदह चौकमा बिशेष सुचनाको आधारमा मस्जिद नजिक भारतीय बीआर३२आर७७०३ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सन्तोष कुमार साहको पाईन्टको खल्तीमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त पदार्थ बरामद भएको हो । 
    ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ ग्राम १९ मिली ग्राम रहेको जनाउँदै प्रहरीले सोही मोटरसाईकलमा पछाडी सवार सुरज कुमार पासवान समेतलाई नियन्त्रणमा लिएको छ । हाल दुबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखि थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ