दुर्घटनामा घाइते भएका  पुजारीको उपचारको  क्रममा मृत्यु

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
२७ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते भएका  पुजारीको उपचारको  क्रममा मृत्यु

सारांश

  •     पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ सडक खण्डमा बाटो काट्ने क्रमका बा.
  • ४०प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका रौतहटको देवाही गोनाही नगरपालिका ९ निवासी ६५ वर्षिय ब्रहमदेव साहको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।
  •       साहलाई ठक्कर दिने मोटरसाइकल र चालक शम्भुनाथ नगरपालिका ६ निवासी ३० वर्षिय मो.

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
    गत शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका एक पुजारीको उपचारका क्रममा मृत्यु भएको छ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ सडक खण्डमा बाटो काट्ने क्रमका बा.४०प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका रौतहटको देवाही गोनाही नगरपालिका ९ निवासी ६५ वर्षिय ब्रहमदेव साहको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । 
    साहलाई ठक्कर दिने मोटरसाइकल र चालक शम्भुनाथ नगरपालिका ६ निवासी ३० वर्षिय मो. रमजानी प्रहरी नियन्त्रणमा रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
    यसअघि घटना पश्चात् घाइते भएका पुजारीलाई प्रहरीले उद्धार गरि स्थानिय युनिक अस्पतालमा पुर्‍याएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि बिराटनगरस्थित बिराट नर्सिङ होममा भर्ना गराइएकोमा उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । 
    बाराको इटवालास्थित राममन्दिरका मूल पुजारी रहेका साह तिर्थयात्राको क्रममा बसचढी बराह क्षेत्रतर्फ जाँदै गरेका थिए । बाटोमा शौचका लागि उत्रेका बेला अचानक मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटनामा परेको डिएसपी साहले बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?