राजविराज÷राजविराज कारागारमा कोरोना भाइरसको त्रासप्रति सतर्कता बढाईएको छ ।
एक सय २५ कैदी बन्दीको क्षमता रहेको यस कारागारमा हाल १७ महिलासहित ३ सय ३४ कैदी बन्दी रहेको जेलर सत्य नारायण यादवले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाईरसको जोखिममा ध्यानमा राख्दै भिडभाडमा नबस्न तथा सभा सम्मेलनको आयोजना नगर्न आग्रह गरिरहेका बेला राजविराज कारागारमा ठुलो संख्यमा कैदीबंदीलाई कोचाकोच गरि राखिएकाले जोखिम बढेको कैदीबन्दीहरुको भनाई छ ।
जेलर यादवका अनुसार विगत एक सातादेखी कोरोना भाईरस संक्रमणबाट बच्ने उपायबारे कैदी बन्दीलाई सचेतना दिइदैछ । अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको जेलर यादवको भनाई छ ।
यता कारागार प्रशासनले हाल कैदी बन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई मास्क तथा पंजा प्रयोग गर्न लगाएको छ ।
फोहोर मैलाको उचित व्यवस्थापन, सरसफाई र साबुन पानीले नियमित हात धुने लगायतका काममा विशेष ध्यान दिइएको तथा अतिआवश्यक काम बाहेक भेटघाटमा कडाई गरिएको उनको भनाई छ ।
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
सारांश
- जेलर यादवका अनुसार विगत एक सातादेखी कोरोना भाईरस संक्रमणबाट बच्ने उपायबारे कैदी बन्दीलाई सचेतना दिइदैछ ।
- अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको जेलर यादवको भनाई छ ।
- यता कारागार प्रशासनले हाल कैदी बन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई मास्क तथा पंजा प्रयोग गर्न लगाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया