आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, मंसिर ४, २०७६
|
|
१६ पटक हेरिएको
Shares
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन

सारांश

  •     राजविराज नगरपालिकाको समन्वयमा चार दिन देखि संचालन गरिएको सामुदायिक विपद प्रतिकार्य तालिमको अन्तिम दिन बुधबार राजरंगशालामा सेनाले विपदमा गरिने उद्घार कला प्रदर्शन गरेको हो ।
  •       उद्घारको अभ्यास अन्तरगत राजविराजस्थित राजरंगशालामा साच्चिकै आगलागीको घटना नै भएजस्तो दृश्य सेजना गरिएको थियो ।
  • जुन दृश्य हेर्न सर्वसाधारणको घुईचो लागेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 
    प्राकृतिक विपदको सामना पूर्व गर्नुपर्ने तयारी तथा विपदका कारण हुने सम्भावित क्षति न्यूनिकरण गर्ने उद्देश्यले बुधबार नेपाली सेनाको भिम दल गणले राजविराजमा विपदमा गरिने सांकेतिक अध्यास र उद्वार कला प्रदर्शन गरेको छ ।
    राजविराज नगरपालिकाको समन्वयमा चार दिन देखि संचालन गरिएको सामुदायिक विपद प्रतिकार्य तालिमको अन्तिम दिन बुधबार राजरंगशालामा सेनाले विपदमा गरिने उद्घार कला प्रदर्शन गरेको हो । 
    उद्घारको अभ्यास अन्तरगत राजविराजस्थित राजरंगशालामा साच्चिकै आगलागीको घटना नै भएजस्तो दृश्य सेजना गरिएको थियो । जुन दृश्य हेर्न सर्वसाधारणको घुईचो लागेको थियो । आगलागीले एक पछि अर्को घर जलिरहेको तथा मानिसहरु भागाभाग गरिहेको थिए । आगो निभाउने क्रममा ३÷४ जना घाईते पनि भएको दृश्य देखिएको थियो । यता भिम दलगणका विपद युनिटका सेनाहरु ती घाईतेहरुको उद्घार गर्दै थिए । 
    आगो निभाउन राजविराज नगरपालिकाको बारुणयन्त्र पनि कुदेको देखिन्थे । घाईतेहरुको घटनास्थल नजिकै सेनाका चिकित्सक टोलीले प्रारम्भिक उपचार पश्चात धमाधम एम्बुलेन्समा हाल्दै थप उपचारका लागी अस्पताल पठाउन व्यस्त देखिन्थे । 
    उद्घार कला प्रदर्शन कार्यक्रममा विपदका बेला प्रयोग गरिने वाटर हेलमेट, फायर ग्यास, फायर टयुनिक, कयाराबिना, झुमरा, फस्टएड, फिगरएड, गिरीगिरी लगायतका १ सय भन्दा बढी उद्घार सामग्री समेत प्रदर्शनी गरिएको थियो । 
    आगलागीका बेला उद्घार कार्य कसरी गर्ने भन्ने ज्ञान बाड्न यस्ता उद्घार कला प्रदर्शन गरिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले जानकारी दिदै विपद व्यवस्थापन सम्बन्धी यस्तो अभ्यास नेपाली सेनाले सन् २०११ बाट गर्दै आएको बताए ।


    सप्तरी आगलागीका लागी जोखिम युक्त जिल्लामा पर्ने भएकाले उद्घार कला प्रदर्शन कार्यक्रमले आगलागीको समयमा मानवीय र भौतिक क्षति न्यूनिकरणका साथै उद्घार गर्न सजिलो र सहज हुने विश्वास व्यक्त गरे । 
    सप्तरीमा गत आर्थिक वर्ष २०७५÷०७६ मा आगलागीका ६७ घटना भएका थिए । जसबाट करिब डेढ करोड रुपैया बराबरको क्षति भएको राजविराज नगरपालिका बारुण यन्त्र विभागको तथ्यांकले देखाएको छ । 
    सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले विपदको पुर्व तयारी र विपदका समयमा गरिनु पर्ने उद्घार र राहतको सांकेतिक अभ्यासले विपदको जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने बताए ।
    नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रहरी उपरिक्षक कृष्णप्रसाई सशस्त्रका प्रहरी उपरिक्षक उद्घव तिमिल्सिना, भिमदलगणका कार्य अधिकृत अमर बहादुर थापा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दासका साथै ठुलो संख्याम उपस्थित सर्वसाधारण तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा गणका तालिम प्राप्त उद्घार कर्ताले आफ्नो कौशल देखाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी