दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
राजविराज जेसीजले महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
राजविराज जेसीजको आयोजना र नेपाल परिवार नियोजन संघ सप्तरी शाखाको सहकार्यमा बिहीबार राजविराजमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुनित कुमार मुन्नाले जानकारी दिए ।
सो कार्यक्रममा राजविराज जेसीजकी पूर्व अध्यक्ष नानीमैया कटवालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रमले महिला स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने बताइन ।
राजविराज जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष विप्लव आनन्दले महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले समाजमा एउटा बेग्लै छाप छोड्ने बताए ।
आगामी दिनमा पनि राजविराज जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने राजविराज जेसीजका महसचिव जेसी पंकज कुमार देवले बताए ।
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
सारांश
- राजविराज जेसीजको आयोजना र नेपाल परिवार नियोजन संघ सप्तरी शाखाको सहकार्यमा बिहीबार राजविराजमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
- महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुनित कुमार मुन्नाले जानकारी दिए ।
- सो कार्यक्रममा राजविराज जेसीजकी पूर्व अध्यक्ष नानीमैया कटवालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रमले महिला स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने बताइन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया