दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
छात्रहरुले मात्र पढ्ने कृषि विज्ञानको पढाईमा अहिले छात्राहरुले पनि कृषि विज्ञानको पढाईमा रुची देखाएका छन् । राजविराजस्थित प्रदेश कृषि विश्व विद्यालयमा हाल अध्ययनरत रहेका ५० विद्यार्थी मध्ये छात्राहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
बि.स.२०७७ मंसिरमा स्थापना भएको उक्त विश्व विद्यालयमा प्रथम चरणमा स्नातक तहमा विद्यार्थी भर्ना गरेर अध्यापन सुरु भएको छ ।
उक्त विश्व विद्यालयका उपकुलपति डा. बैधनाथ महतोले सन्तोषजनक रुपमा विद्यार्थीहरुले प्रवेश लिएको विश्वविद्यालयका लागि भवन निर्माणका काम समेत अघि बढीसकेको बताउँदै हाल भाडामै रहेको घरबाट कक्षा संचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
आगामी दिनमा अनुसन्धानात्मक कार्य समेत गरिने बताउँदै उनले जिविकोपार्जनको मूल आधार कृषि रहेको मधेश प्रदेशमा कृषि विश्वविद्यालय स्थापनाले कृषि क्षेत्रमा समेत उलेख्य सुधार आउने दाबी पनि गरे ।
“भौतिक पूर्वाधारको व्यवस्थासँगै विद्यार्थी संख्या समेत बढेर जानेमा शंका छैन्, उनले भने– घरकै भात खाएर छात्रछात्राले कृषिमा प्राविधिक उच्च शिक्षा पाएका कारण यस विश्वविद्यालयले भविष्यमा अझै सफलता प्राप्त गर्नेमा विश्वस्त छु ।”
सुरुमा कृषि विज्ञानको पढाई थालेको विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञान, माछा विज्ञान र खाद्य प्रविधि विज्ञान गरि चार वटा संकायको स्नातक तहबाट पढाई हुने गरि तयारी अगाडी बढाएको छ ।
विश्वविद्यालय निर्माणका लागि राजविराज नगरपालिकाले वडा नं. १३ मा २६ विगहा ८ कठ १८ धुर जग्गा उपलब्ध गराएपछि गत माघ ८ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको उपस्थितीमा जसपा अध्यक्ष उपेन्द्र यादवले भवन निर्माण कार्यको शिलान्यास गरेका थिए ।
राजविराजमा मधेश प्रदेश कृषि विश्वविद्यालय स्थापना भएपछि रोजगारीका साथै कृषि क्षेत्रमा उल्लेख्य सुधार आउने स्थानीयले अपेक्षा गरेका छन् ।
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै
सारांश
- बि.
- स.
- २०७७ मंसिरमा स्थापना भएको उक्त विश्व विद्यालयमा प्रथम चरणमा स्नातक तहमा विद्यार्थी भर्ना गरेर अध्यापन सुरु भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया