के हो माइग्रेन ?

राजविराज राजविराज
|
आइतबार, मंसिर २, २०७५
|
|
५४ पटक हेरिएको
Shares
के हो माइग्रेन ?

सारांश

  •     प्राकृतिक उपचार हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हो ।
  • माइग्रेन के हो, कसरी हुन्छ, न्यूनीकरण र प्राकृतिक उपचारका बारेमा ३ दशकभन्दा लामो समयदेखि प्राकृतिक उपचार गराउँदै आएका डाक्टर क्षितिज बराकोटीले जानकारी गराएका छन् ।
  •   के हो माइग्रेन ?

    टाउको दुख्ने समस्या अधिकांशलाई हुन्छ । तर के कारणले टाउको दुखेको हो भन्ने कारण भने कमैलाई थाहा हुन्छ । 
    टाउको दुखाइ ठूलै समस्या नभए पनि हाम्रो दैनिक जीवनमा बाधा पुर्याउने काम भइरहेको हुन्छ । कतिलाई टाउको दुखाइले निकै पीडा दिन्छ । 
    यदि माइग्रेनकै कारणले टाउको दुखेको हो भने शतप्रतिशत निको पार्ने पाकृतिक उपचारको बारेमा  तपाईंलाई जानकारी गराउने छौँ । 
    प्राकृतिक उपचार हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हो । माइग्रेन के हो, कसरी हुन्छ, न्यूनीकरण र प्राकृतिक उपचारका बारेमा ३ दशकभन्दा लामो समयदेखि प्राकृतिक उपचार गराउँदै आएका डाक्टर क्षितिज बराकोटीले जानकारी गराएका छन् । 
के हो माइग्रेन ?
    माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ ।
    माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ । 
माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र वान्त हुनेसम्म हुन्छ ।
    यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ । 
माइग्रेन हुने कारण
    माइग्रेन यही कारणले मात्र हुन्छ भन्ने छैन । कसैलाई वंशाणुगत पनि हुन्छ, कसैलाई नसाजन्य समस्याको कारणले पनि हुन्छ । प्रत्येक व्यक्तिमा फरक फरक कारणहरू हुन्छन् । 
    खानापान र जीवनयापन, दैनिक जीवनमा आउने विभिन्न समस्याका कारणले पनि माइग्रेन हुनसक्छ । हामीले खाने चकलेट, कफी, बट्टामा राखेको अचार, चिसो, पेयपदार्थ, धुलो, घाँम, गन्धले पनि माइग्रेनलाई बढाउन सक्छ । माइग्रेनमा निश्चित साइकलमा दुख्छ तर माइग्रेन बढाउने खानपान नखाँदासम्म माइग्रेन बढ्दैन । पिनास र माइग्रनेका लक्षण उस्तैउस्तै पनि हुन सक्छन् । तर माइग्रेन केही समय दुखेर निको हुन्छ भने पिनास निरन्तर दुखिरहन्छ ।  
माइग्रेनको प्राकृतिक उपचार 
    माइग्रेन मेडिकलको औषधि प्रयोगले निको पार्न सकिन्छ भन्ने दाबी गरे पनि औषधिको प्रयोगले मात्रै माइग्रेन निको हुँदैन् । माइग्रेन निको हुनका लागि तपाईंको दैनिक जीवन, खानपानमा परिवर्तन हुनु नै पर्छ ।
    धेरै गाह्रो भएको खण्डमा चिकित्सकको सल्लाहअनुसार मेडिकलको औषधि प्रयोग गर्न सकिन्छ । तर शतप्रतिशत निको हुनको लागि भने प्राकृतिक चिकित्साविधि अपनाउँदा राम्रो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक हो । प्राकृतिक उपचार माइग्रेन मात्रै होइन अन्यरोगलाई पनि फाइदाजनक हुन्छ ।  
    माइग्रेनको विभिन्न किसिमको लक्षण कम गर्न र निको पार्न प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका हुन्छ । टाउको दुखाइले हामीले भनेको समयमा सोचेको काम गर्न सक्दैनौँ । जसले गर्दा यो रोगले तपाईंको जीवन अस्तव्यस्त बनाइदिन पनि सक्छ । 
यसरी हुन्छ प्राकृतिक उपचार 
    माइग्रेन भएको हो भन्ने कुरा थाहा नभए पनि टाउको दुख्ने समस्या धेरैलाई हुन्छ । तर सबै माइग्रेन हो भन्न सकिन्न । माइग्रेनको प्राकृतिक उपचारको बारेमा भन्नु पर्दा सुरुमा तपाईंको जीवनशैलीलाई सुधार गर्नुपर्ने हुन्छ । प्राकृतिक चिकित्साविधिमा योग, अकुपेशर जस्तै टाउको दुखेको छ भने माटोको पट्टी लगाउने, फेसप्याक, तातो चिसो सेक्ने विधिहरु अपनाउन सकिन्छ । 
    अर्काे विधि भनेको टाउकोको विभिन्न भागमा थिचेर मसाज गरिन्छ । मसाज गर्दा माइग्रेन मात्रै होइन अरू कारणले दुःखेको टाउकोको दुखाइ पनि निको हुन्छ । 
    यस्तै अर्काे विधि भनेको जलचिकित्सक भन्ने छ । यसमा नाकमा नुनपानी पठाएर उपचार गर्न सकिन्छ । माइग्रेनले आँखामा धमिलो जस्तो हुन्छ, यस्तो बेलामा आई वास गराउने । टाउको दुख्यो भने हेडब्याक बाँधेर तातोपानीमा खुट्टा डुबाउने पनि गरिन्छ । माइग्रेन मात्रै होइन, अन्य कारणले पनि टाउको दुखेको छ भने यो विधि उपयुक्त हो ।
    प्राकृतिक चिकित्सामा समस्या समाधानको उपाय पनि खोज्छौँ । जस्तै हामीकहाँ आउने बिरामीलाई माइग्रेनको लागि गरिने खानपान, व्यायम, व्यवहार धेरै कुराको बारेमा जानकारी गराउँछौँ । प्राकृतिक चिकित्सामा जलआहार, उपवासलगायतका विभिन्न विधि गराउँछौँ । 
    यो विधि तपाईंले घरमा पनि अपनाउन सक्नुहुन्छ । तर कुन समयमा कुन उपचार गर्ने भन्ने कुराको बारेमा पहिला तपाईं आफै जानकार हुनुपर्छ । मानसिक समस्या, माइग्रेन, पिनास भएको व्यक्तिलाई मठप्याक लगाउँदा फाइदा हुन्छ । 
खान नहुने कुरा 
    माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्ति आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन । 
    मुख्यगरी मोही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ । यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ । 
    खाएपछि आफूलाई गाह्रो हुने खानेकुरा, गाह्रौँ हुने काम नगर्दा राम्रो हुन्छ । माइग्रेनलाई  कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ । 
यस्तो छ घरेलु उपचार 
    माइग्रेनको प्राकृतिक उपचार तपाईंले घरमा पनि गर्न सक्नुहुन्छ । तर उपचारको विधिको बारेमा जानकार हुनुपर्छ । मठप्याक मानसिक समस्या र माइग्रेन भएको व्यक्तिहरुका लागि राम्रो हुन्छ । नाक सुख्खा हुने खालको पिनास छ भने मठप्याकले अर्थात माटोको पट्टी राम्रो हुन्छ । 
    टाउको दुखेको छ भने पहिला टाउकोमा चिसो पट्टी बाध्ने, त्यसपछि टाउँकोको पार्ट पार्टमा थिच्नुपर्छ । अर्काे कुरा हातको औंलाका टुप्पा टुप्पामा थिच्ने गर्नुपर्छ, औँलाको टुप्पामा घुमाई–घुमाई थिच्ने, यो क्रम हात र खुट्टाको प्रत्येक औँलामा एकदेखि २ मिनेटसम्म गर्नुपर्छ । यस्तैस हत्केलाको बीच भागमा पनि प्रेसर दिने र बुढी औँला, चोर औँलाको कापमा प्रेसर दिने यस्तोगर्दा टाउको दुखाइ तत्कालै कम हुन्छ ।
    यदि घाममा बसेर टाउको दुखेको छ भने चिसोपानीको धारा टाउकोमा चुहाउने अनि थिचिराख्ने । घाममै बसेर दुखेको छ भने चिसो रुमाल आँखामा पट्टी लगाएर बस्ने । यस्ता सामान्य प्रक्रिया गर्दा पनि राम्रो हुन्छ । यस्तै टाउकोमा चिसो रुमाल बेर्ने र पैताला तातोपानीमा १० देखि १५ मिनेटसम्म डुबाउँदा पनि राम्रो हुन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी