दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई राखेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीले सोमबार अन्तरक्रियाको आयोजना गरेको छ ।
स्थानिय तहमा खरीद र भुक्तानी तथा विभिन्न विकास निर्माणका कार्यमा अनियमितताका उजुरी बढ्न थालेपछी आयोगले यस्तो कार्यक्रम मार्फत सचेतना सँगै सचेत गराउने प्रयास गरेको जनाएको छ ।
कार्यक्रममा आयोगका सिनियर डिभिजनल इन्जिनियर धिर फडेराले अख्तियारमा सबै भन्दा बढी स्थानिय तहको नै उजुरी आउने गरेकाले सचेतनाका लागि पनि यस्तो कार्यक्रम ल्याइएको बताए ।
कार्यक्रममा आयोगका शाखा अधिकृत रमेश सिङदेनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अपनाउनु पर्ने विधि बारे सबिस्तार जानकारी गराउँदै सहयोगका लागि अनुरोध गरेका थिए ।
उनले आयोगको कार्य क्षेत्र रहेको जिल्ला मध्ये चालु आ.ब.मा सब भन्दा बढी सप्तरीबाट ८ सय ४७ उजुरी परेको र त्यसमध्ये ६ सय ९४ फच्र्छाैट भइसकेको जानकारी समेत दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले अख्तियारद्वारा समय समयमा विभिन्न विषयलाई लिएर हुने गरेको पत्राचार र त्यसको जवाफ तयार पार्दापार्दै अन्य सेवा प्रवाहमा समस्या हुने गरेको दुखेसो पोखे । “एकातिर कर्मचारीको पुर्ण अभाव छ, अर्कोतिर अख्तियारले सोधेको र खोजेको विषयमा जवाफ दिन सबै कर्मचारी परिचालन हुँदा सेवाग्राही पनि समस्यामा पर्ने गरेका छन्, उनले भने, “यस तर्फ पनि अख्तियारको ध्यान पुग्नु जरुरी छ ।”
उनले कतिपय व्यक्ति अख्तियारलाई राजनीतिक प्रतिशोधको रुपमा पनि प्रयोग गर्ने गरेको भन्दै यसतर्फ पनि आयोगको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, समाजसेवी शम्भुलाल देवका साथै वडाअध्यक्ष, शिक्षक, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाका प्रतिनिधिहरुले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
सारांश
- स्थानिय तहमा खरीद र भुक्तानी तथा विभिन्न विकास निर्माणका कार्यमा अनियमितताका उजुरी बढ्न थालेपछी आयोगले यस्तो कार्यक्रम मार्फत सचेतना सँगै सचेत गराउने प्रयास गरेको जनाएको छ ।
- कार्यक्रममा आयोगका सिनियर डिभिजनल इन्जिनियर धिर फडेराले अख्तियारमा सबै भन्दा बढी स्थानिय तहको नै उजुरी आउने गरेकाले सचेतनाका लागि पनि यस्तो कार्यक्रम ल्याइएको बताए ।
- कार्यक्रममा आयोगका शाखा अधिकृत रमेश सिङदेनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अपनाउनु पर्ने विधि बारे सबिस्तार जानकारी गराउँदै सहयोगका लागि अनुरोध गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया