राजविराज÷धानुक मण्डल उत्थान समितिले ६ जना जेष्ठ नागरिकलाई र ६ जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ ।
शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जगदर प्रागना अन्तर्गत २२ गाउँ मध्येबाट इनरुवा बस्ने ९३ वर्षीय गुजिया देवी मण्डल, ८७ वर्षीय गर्भी मण्डल, राजगढ गापा ५ मलेकपुर बस्ने ८० वर्षीय विन्दा देवी मण्डल, ७७ वर्षीय खैजनी देवी, ८२ वर्षीय सत्यदेव मण्डललाई दोसाला, फुलको माला र अबिर लगाई सम्मान गरिएको हो ।
त्यस्तै स्वजातीय भित्र पर्ने एसइइतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छिन्नमस्ता ६ खुदिबखारी बस्ने कृष्ण कुमार मण्डल, बिष्णुपुर गापा ५ मझाउ अमिशा कुमारी मण्डल, पुजा कुमारी मण्डल, विबेक कुमार मण्डल, बादल कुमार मण्डल, मलेकपुर बस्ने कल्पना कुमारी मण्डल र अनडिपट्टी बस्ने निहाल मण्डललाई एक÷एक थान ग्रामर, डायरी, डटपेन, ज्योमेट्रिक बक्स र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
त्यस्तै पकरी प्रागनाबाट तिलाठीकोइलाडी गापा अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष कमल कुमार मण्डल लगायत दर्जन भन्दा बढीलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले धानुक जातीको शिक्षा स्तर दिन प्रतिदिन खस्कदै गएको र यसले स्वजातीय मण्डल समुदायपछि परेको बताए ।
धानुक मण्डल उत्थान समिति प्रागना जगदर क्षेत्र नम्बर २ र ३ द्वारा आयोजित तथा समिति अध्यक्ष धनाइ मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख आतिथी जगदर प्रागनाका तथा मैंजन राजकुमार मण्डल, विशिष्ट अतिथि राय झुयना प्रागनाका मैंजन महेश कुमार मण्डल, पत्रकार कृष्ण मण्डल, तिलाठी कोईलाडी गापा २ का वडा अध्यक्ष कमल मण्डल, युवा विशेश्वर मण्डल, उपाध्यक्ष भोला मण्डल, सदस्य रामानन्द मण्डल, विटेदार दिनेश्वर मण्डल लगायतको व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित
सारांश
- त्यस्तै पकरी प्रागनाबाट तिलाठीकोइलाडी गापा अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष कमल कुमार मण्डल लगायत दर्जन भन्दा बढीलाई सम्मान पनि गरिएको छ ।
- कार्यक्रमका विशिष्ट अतिथि तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले धानुक जातीको शिक्षा स्तर दिन प्रतिदिन खस्कदै गएको र यसले स्वजातीय मण्डल समुदायपछि परेको बताए ।
- धानुक मण्डल उत्थान समिति प्रागना जगदर क्षेत्र नम्बर २ र ३ द्वारा आयोजित तथा समिति अध्यक्ष धनाइ मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख आतिथी जगदर प्रागनाका तथा मैंजन राजकुमार मण्डल, विशिष्ट अतिथि राय झुयना प्रागनाका मैंजन महेश कुमार मण्डल, पत्रकार कृष्ण मण्डल, तिलाठी कोईलाडी गापा २ का वडा अध्यक्ष कमल मण्डल, युवा विशेश्वर मण्डल, उपाध्यक्ष भोला मण्डल, सदस्य रामानन्द मण्डल, विटेदार दिनेश्वर मण्डल लगायतको व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया