दैनिक समाचारदाता
जनकपुर, २४ माघ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो । फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् ।
सभामुख मण्डलका अनुसार गत माघ १४ गते प्रदेशसभा सचिवालयमा एक कापर थरका व्यक्तिले फैसलाको प्रतिलिपीसहित उजुरी दिँदै प्रदेश सांसद शर्माको पद निलम्बन र सेवासुविधा रोकाको माग गरेका छन् । यद्दपी अदालतबाट फैसलासहितको पत्र औपचारिक रुपमा प्रदेशसभामा आएको छैन ।
अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिनकटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए । सभामुख मण्डलले भने, “अदालतबाट फैसलाको पत्र औपचारिक आयो भने निलम्बन हुन्छ । नभए ७० दिन कटेपछि उहाँको पद निलम्बन हुन्छ ।’
शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
लोसपा संसदीय दलका नेता शर्माको सेवासुविधा रोक्का
सारांश
- महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो ।
- फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् ।
- उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया