डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन

राजविराज राजविराज
|
बिहिबार, कार्तिक १, २०८१
|
|
६७ पटक हेरिएको
Shares
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन

सारांश

  •     नेपाली काँग्रेसका नगर कार्यसमिति सभापति नारायण यादवको नेतृत्वमा नगरपालिकामा देखिएको बेथिति विरुद्ध ९ बुँदे माग सहित प्रदर्शन गरिएको हो ।
  •     भ्रष्टाचार संस्थागत गर्न ल्याएका निमित्त प्रमुख प्रशासकीय अधिकृत फिर्ता गर, जनप्रतिनिधिहरुको छोरा छोरी ज्वाईलाई नियुक्ति गर्न काम बन्द गर, नगरपालिकाको कोष लाई दुरुपयोग गर्ने लेखापाल तथा कर्मचारीलाई कारवाही गर, पालिकाको श्रोत साधन दुरुपयोग गर्ने मेयरको सम्पति छानवीन गर लगायतका ९ बुँदे माग राखि प्लेकार्ड सहित नगरपालिका विरुद्ध प्रदर्शन गरिएको नेपाली काँग्रेसका नगर सभापति नारायण यादवले बताए ।
  •       नगरपालिकामा भएको भ्रष्टाचारबारे यही मागहरु राखेर २०८१ जेठ १ गते नै ज्ञापन–पत्र बुझाएको र पटक पटक वार्तामा बस्दा पनि कुनै निष्कर्ष ननिस्केपछि साउन १५ मा विभिन्न शिर्षकको अनियमितता बारे सूचना माग सहित प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन–पत्र बुझाएको तर अहिले सम्म पनि वेवास्ता गरेको कारण आन्दोलनमा उत्रिनु परेको सभापति यादवको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १ कात्तिक । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका बेथिति विरुद्ध बिहीबार नेपाली काँग्रेस डाक्नेश्वरीको अगुवाईमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
    नेपाली काँग्रेसका नगर कार्यसमिति सभापति नारायण यादवको नेतृत्वमा नगरपालिकामा देखिएको बेथिति विरुद्ध ९ बुँदे माग सहित प्रदर्शन गरिएको हो ।
    भ्रष्टाचार संस्थागत गर्न ल्याएका निमित्त प्रमुख प्रशासकीय अधिकृत फिर्ता गर, जनप्रतिनिधिहरुको छोरा छोरी ज्वाईलाई नियुक्ति गर्न काम बन्द गर, नगरपालिकाको कोष लाई दुरुपयोग गर्ने लेखापाल तथा कर्मचारीलाई कारवाही गर, पालिकाको श्रोत साधन दुरुपयोग गर्ने मेयरको सम्पति छानवीन गर लगायतका ९ बुँदे माग राखि प्लेकार्ड सहित नगरपालिका विरुद्ध प्रदर्शन गरिएको नेपाली काँग्रेसका नगर सभापति नारायण यादवले बताए । 
    नगरपालिकामा भएको भ्रष्टाचारबारे यही मागहरु राखेर २०८१ जेठ १ गते नै ज्ञापन–पत्र बुझाएको र पटक पटक वार्तामा बस्दा पनि कुनै निष्कर्ष ननिस्केपछि साउन १५ मा विभिन्न शिर्षकको अनियमितता बारे सूचना माग सहित प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन–पत्र बुझाएको तर अहिले सम्म पनि वेवास्ता गरेको कारण आन्दोलनमा उत्रिनु परेको सभापति यादवको भनाई छ ।
    उनले सत्ता र शक्तिको दुरुपयोग गर्दै नगरप्रमुख रामलखन मलाहले कोरोना नलागेका व्यक्तिहरुलाई पनि भुक्तानी दिएको आरोप समेत लगाए ।
    प्रदर्शनमा सहभागि नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुरले नगरपालिका भ्रष्टाचारमा डुवेको आरोप लगाए । उनले राजस्व सम्म चुहावट गर्ने अनि भागवण्डाको लागि संकल्प यात्राको नाटक गरेर धर्म समेतलाई बदनाम गर्ने जनप्रतिनिधिहरुलाई नैतिकताको आधारमा राजिनामा दिन माग गरे ।
    नगरप्रमुख रामलखन मलाहले उनीहरुको माग क्रमिक रुपमा पुरा गरिरहेको दावी गरे । उनले आफ्नो गाडी नगरपालिकामा भाडामा दिएको बारे अस्विकार गर्दे वडा समितिको निर्णय अनुसार पाउने व्यक्तिहरुले कोरोनाको भुक्तानी दिएको बताए ।
    यता नगर उपप्रमुख मिरा कुमारी यादवले नगरपालिका कार्यालयमा के भईरहेको छ सो बारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिईन् । सूचना उपलब्ध गराउने बारेमा नगरप्रमुख मलाह र प्रमुख प्रशासकीय अधिकृतले ७ दिनको समय त्यतिबेला दिएको बारे आफूलाई थाहा भएको तर, कार्यालयको गतिविधिबारे आफूसँग कुनै सरसल्लाह नहुने गरेकोले अनभिज्ञता प्रकट गरिन् ।
    प्रमुख प्रशासकीय अधिकृत रामकिशुन यादवले नगरसभाका लागि किताव तयारी भईरहेको र सभापछि सूचना उपलब्ध गराउने बताए ।
    नेपाली काँग्रेस डाक्नेश्वरीको अगुवाईमा भएको प्रदर्शनमा जिल्ला सदस्य सुरेन्द्र विमल यादव, प्रदेश महाधिवेशन प्रतिनिधि धर्मदेव यादव, नेकपा माओवादीका भूलाई राम र लोसपाका रुपेश कुमार साह लगायतको सहभागिता थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग