पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित

राजविराज राजविराज
|
आइतबार, मंसिर ३०, २०८१
|
|
७२ पटक हेरिएको
Shares
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित

सारांश

  •     प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
  •  उनका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
  •     त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।

    नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । 
    प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
    त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् । 
    यसैगरि महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए । कोषाध्यक्ष गुप्ता सोही पदमा दोश्रो पटक निर्वाचित भएका हुन् ।  
    त्यस्तै महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । 
    मधेशी सदस्यतर्फ अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 
    यसैगरि प्रदेश परिषद सदस्यमा देव प्यानलकै गणेशलाल देव, लोकेन्द्र यादव, शैलेन्द्र झा, अरुण तिवारी, नरेश चौधरी र पवन कुमार मिश्र तथा केन्द्रिय परिषद् सदस्यमा मनोज कुमार माझी र सतिश कुमार दत्त निर्वाचित भएका छन् । महिलातर्फ केन्द्रिय परिषद् सदस्यमा ढमला भटराई निर्विरोध भइन् । शाखामा ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
राजपा र फोरमले एक अर्कोलाई चिठी पठाएर  एकीकरण वार्ता प्रक्रिया अघि बढाए 
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने