दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् ।
प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् ।
यसैगरि महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए । कोषाध्यक्ष गुप्ता सोही पदमा दोश्रो पटक निर्वाचित भएका हुन् ।
त्यस्तै महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
मधेशी सदस्यतर्फ अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरि प्रदेश परिषद सदस्यमा देव प्यानलकै गणेशलाल देव, लोकेन्द्र यादव, शैलेन्द्र झा, अरुण तिवारी, नरेश चौधरी र पवन कुमार मिश्र तथा केन्द्रिय परिषद् सदस्यमा मनोज कुमार माझी र सतिश कुमार दत्त निर्वाचित भएका छन् । महिलातर्फ केन्द्रिय परिषद् सदस्यमा ढमला भटराई निर्विरोध भइन् । शाखामा ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गरेका थिए ।
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस युनियनका श्रवण देव निर्वाचित
सारांश
- प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
- उनका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
- त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया