दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
सप्तरीको बिष्णुपुर गाउँपालिका ५ मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र परेका छन । उनीहरु अहिले राजविराज नगरपालिका वडा नं. ३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन वडा कार्यालय भवनमा अलपत्र अवस्थामा छन ।
भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिन अगाडी सीता इँटा उद्योगमा काम गर्न ल्याइएको थियो । उनीहरुलाई ल्याएका ठेकेदार नै भागेपछि अलपत्र परेका हुन् ।
भारतको उतर प्रदेश जिल्ला सम्भल थाना हजरनगरगढी बस्ने सोनु सागरले १२ दिन जसो त्यसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसेको तर अहिले सम्म ठेकेदार सम्पर्कमा नआएपछी अलपत्रमा परेको जानकारी दिएका छन् ।
उनले भने “भारतबाट नै हामीलाई त्यहीका मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको तर उनी नै सम्पर्कबिहीन भएपछि हामीहरु अहिले कहाँ जाने केही थाहा छैन ।”
“इँटा उद्योगमा १२ दिन बस्यो तर मालिकले खाना खान दिन छाडेपछि तीन दिनदेखि राजविराजमा बसेर भौकै छौं ।” अर्का मजदुर बोहरा सिँहले भने, “हामीसँग खाने पैसा छैन, घर कसरी फर्कने भने चिन्ता लागेको छ, कुनै उपाय छ भने सहयोगका लागि सबैसँग आग्रह गर्दछु ।”
अन्य मजदुरहरुसगै इँटा उद्योगमा काम गर्न पाँच जना छोराछोरी र बालबच्चा समेत आएकी बुधियादेवीले भनीन्, “ठेकेदारले नै छाडेर अलपत्र पारेपछि अब कहाँ जाने, बालबच्चा र महिलासहित भोकभोकै बस्न बाध्य छौं ।”
यता जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत मजदुरका ११ बालबालिका, १५ महिलासहित ४४ जना भारतीय मजदुरको उद्धार गरेको छ । प्रहरीबाट उद्धार गरिएर सदरमुकाम राजविराज ल्याइएका उनीहरु इँटा ब्यवसायिहरुले खाना खुवाइरहेका छन ।
सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले मजदुरहरुलाई भारत फर्काउने प्रयास तथा फरार ठेकेदारको खोजि कार्य भइरहेको जानकारी दिएका छन् ।
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
सारांश
- भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिन अगाडी सीता इँटा उद्योगमा काम गर्न ल्याइएको थियो ।
- उनीहरुलाई ल्याएका ठेकेदार नै भागेपछि अलपत्र परेका हुन् ।
- भारतको उतर प्रदेश जिल्ला सम्भल थाना हजरनगरगढी बस्ने सोनु सागरले १२ दिन जसो त्यसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसेको तर अहिले सम्म ठेकेदार सम्पर्कमा नआएपछी अलपत्रमा परेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया