दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजविराजस्थित नेपाली सेनाको भिमदल गणले सप्तरीका पाँच वटा विद्यालयका १ सय ८० जना विद्यार्थीहरुलाई सुरक्षा निकायमा आकर्षण बढाउन तथा अनुशासित र कलाकौशलले निपुण बनाउन राष्ट्रिय सेवा दल (ल्ऋऋ) को तालिम सूरु गरेको छ ।
बुधवारदेखी एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिममा जिल्लाको शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकास्थित विद्यालयबाट छनौट भएका १८ जना छात्र र १८ जना छात्रा गरी १ सय ८० जना विद्यार्थी सहभागी भएका छन् ।
७९ दिन सम्म चल्ने तालिममा शारिरीक अभ्यास, नैतिक शिक्षा, अनुशासन, इमान्दारीता, वफादारिता, राष्ट्रिय भावनाको विकास तथा विपदको समयमा उद्धार र राहत कार्यक्रममा स्वँयसेवकको भुमिका निर्वाह गर्न सक्ने लगायतका विषयमा विज्ञहरुबाट तालिम प्रदान गर्न लागिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले जानकारी दिएका छन् ।
प्रमुख सेनानी कुवँरले आयोजित तालिमले स्कुले किशोर किशोरी अनुशासित, साहसी र सक्षम नागरिकको रुपमा उदाउने विश्वास व्यक्त गरे । खास गरी मधेशी समाजमा सेना तथा सुरक्षाकर्मीप्रति रहेको सोचमा परिवर्तन ल्याउनुका साथै तालिमले बच्चाहरुलाई मौखिक र मानसिक दुबै दृष्टिकोणले सक्षम र साहसी नागरिक बनाउने उनको भनाई छ ।
एकै साथ सुरु भएको तालिममा उत्कृष्ट हुने विद्यार्थीहरुले मित्र राष्ट्रहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, मालदिप्स र सिंगापृुर लगायतका देशमा गएर सहभागिता जनाउने अवसर समेत प्राप्त गर्ने प्रमुख सेनानी कुवँरले जानकारी दिए ।
तालिमका दौरान सहभागीलाई दुध, जेरी, २ जोर युनिर्फम एवं ट्रयाकसुट समेत उपलब्ध गराइएको तालिमका संचालक भीमदलका गणले जनाएको छ ।
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै
सारांश
- बुधवारदेखी एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिममा जिल्लाको शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकास्थित विद्यालयबाट छनौट भएका १८ जना छात्र र १८ जना छात्रा गरी १ सय ८० जना विद्यार्थी सहभागी भएका छन् ।
- ७९ दिन सम्म चल्ने तालिममा शारिरीक अभ्यास, नैतिक शिक्षा, अनुशासन, इमान्दारीता, वफादारिता, राष्ट्रिय भावनाको विकास तथा विपदको समयमा उद्धार र राहत कार्यक्रममा स्वँयसेवकको भुमिका निर्वाह गर्न सक्ने लगायतका विषयमा विज्ञहरुबाट तालिम प्रदान गर्न लागिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले जानकारी दिएका छन् ।
- प्रमुख सेनानी कुवँरले आयोजित तालिमले स्कुले किशोर किशोरी अनुशासित, साहसी र सक्षम नागरिकको रुपमा उदाउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया