कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
  •       प्रदेश २ मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गर्दै यस्ता विकृति अंतका लागि प्रहरी–जनता सहकार्यको आवश्यक रहेकोमा जोड दिए ।
  •       उनले यस्ता विकृतिको एकल प्रयासले अन्त हुन नसक्ने भन्दै यसका लागि प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु जरुरी रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने भन्दै यसका लागि नागरिक समेतको सहयोग आवश्यक रहेको बताएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । 
    प्रदेश २ मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गर्दै यस्ता विकृति अंतका लागि प्रहरी–जनता सहकार्यको आवश्यक रहेकोमा जोड दिए । 
    उनले यस्ता विकृतिको एकल प्रयासले अन्त हुन नसक्ने भन्दै यसका लागि प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु जरुरी रहेको बताए । उनले प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमन चयन कायम हुने बताए । 
    अपराध र अपराधी सँग कुनै पनि साठगाठ र सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई उनले कडा निर्देशन समेत दिए ।
    सहभागीहरुलाई स्वागत गर्दै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग सहकार्य गर्दै प्रहरी अघि बढेको र विगतको तुल्नामा अपराध नियन्त्रणमा धेरै हदसम्म सफलता मिलेको बताए । प्रहरीले बनाएको एक वर्षे सुरक्षा योजना प्रभावकारी बनाउन स्थानिय समाजका अगुवाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिए । 
    नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्सा घरले शान्ति सुरक्षा प्रवाहामा मद्दत पुग्ने उद्घाटन समारोहमा सहभागिताहरुले विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान