हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
१११ पटक हेरिएको
Shares
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी

सारांश

  •     हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा सिरहा रोडको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन शूरु गरेको हो ।
  •       पटक÷पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको उक्त सडकको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका संरचना हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेकाले डोजर प्रयोग गर्नु परेको नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनको भनाई छ ।
  •       पछिल्लो पटक ७ दिने म्याद दिदा समेत अतिक्रमण हटाउन अधिकांशले चासो नदेखाएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 

    राजविराजको हटियास्थित अतिक्रमित जग्गा खाली गराउन सफल राजविराज नगरपालिकाले आईतवारदेखि राजविराजको सिरहा रोडको अतिक्रमण डोजर लगाएर हटाउन सुरु गरेको छ । 
    हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा सिरहा रोडको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन शूरु गरेको हो । 
    पटक÷पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको उक्त सडकको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका संरचना हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेकाले डोजर प्रयोग गर्नु परेको नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनको भनाई छ । 
    पछिल्लो पटक ७ दिने म्याद दिदा समेत अतिक्रमण हटाउन अधिकांशले चासो नदेखाएको उनको भनाई छ । विहान ८ बजेतिर कार्यवाहक नगर प्रमुख परविनका साथै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, डिएसपी नरेश कुमार सिह सहितको ठूलो संख्यामा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी सिरहा रोड पुगेका थिए । 
    डोजर लगाएर भत्काउन सूरु गरिएपछि स्थानीय केहीले अवरोधको प्रयास गरे पनि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले उनीहरुलाई सम्झाई बुझाइ साम्य पारेका थिए । 
    स्थानीय पंकज मल्लिकले सर्वाेच्च अदालतले दुई दिन अघि मात्र सिरहा रोडमा तोडफोड गर्नू पर्ने सम्बन्धमा सम्बन्धित निकायको जवाफ मागेको दाबी गर्दैै थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले अदालतबाट नगरपालिकालाई त्यस्तो कुनै पत्र प्राप्त नभएको स्पष्ट पारिन् । 
    अहिले  हुलाकी सडक निर्माणका लागी राजविराजको वडा नं ६ र ७, कंचनपुर रोड, राजरंगशाला भएर सिरहा रोड छुने गरी नक्साकंन भएको छ । सोही अनुसार कामलाई गति प्रदान गर्न अवैध भौतिक संरचनामा डोजर चलाइएको कार्यवाहक नगर प्रमखु परवीनको भनाई छ । उनले हुलाकी मार्गको नक्साकंनमा परेको कंचनपृुर रोडको दायाँ बायाँ समेत अतिक्रमित जग्गा खाली गराउने काम छिट्टैं सुरु गर्ने जानकारी पनि दिइन ।
    विकास निर्माण कार्यमा कोही पनि बाधक बन्न नहुने जिकीर गर्दै उनले निकट भविष्य मै राजविराज हटिया प्रवेश गर्ने भित्री सडक तथा राजविराज कारागार क्षेत्र वरीपरीको अतिक्रमण खाली गराउने तैयारी भईरहेको जानकारी दिइन । हुलाकी मार्ग फराकिलो तथा हटिया बजार र कारागारलाई व्यवस्थित बनाउन उक्त कदम चालिएको उनको भनाई छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए