हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी

सारांश

  •     हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा सिरहा रोडको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन शूरु गरेको हो ।
  •       पटक÷पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको उक्त सडकको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका संरचना हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेकाले डोजर प्रयोग गर्नु परेको नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनको भनाई छ ।
  •       पछिल्लो पटक ७ दिने म्याद दिदा समेत अतिक्रमण हटाउन अधिकांशले चासो नदेखाएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 

    राजविराजको हटियास्थित अतिक्रमित जग्गा खाली गराउन सफल राजविराज नगरपालिकाले आईतवारदेखि राजविराजको सिरहा रोडको अतिक्रमण डोजर लगाएर हटाउन सुरु गरेको छ । 
    हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा सिरहा रोडको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन शूरु गरेको हो । 
    पटक÷पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको उक्त सडकको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका संरचना हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेकाले डोजर प्रयोग गर्नु परेको नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनको भनाई छ । 
    पछिल्लो पटक ७ दिने म्याद दिदा समेत अतिक्रमण हटाउन अधिकांशले चासो नदेखाएको उनको भनाई छ । विहान ८ बजेतिर कार्यवाहक नगर प्रमुख परविनका साथै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, डिएसपी नरेश कुमार सिह सहितको ठूलो संख्यामा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी सिरहा रोड पुगेका थिए । 
    डोजर लगाएर भत्काउन सूरु गरिएपछि स्थानीय केहीले अवरोधको प्रयास गरे पनि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले उनीहरुलाई सम्झाई बुझाइ साम्य पारेका थिए । 
    स्थानीय पंकज मल्लिकले सर्वाेच्च अदालतले दुई दिन अघि मात्र सिरहा रोडमा तोडफोड गर्नू पर्ने सम्बन्धमा सम्बन्धित निकायको जवाफ मागेको दाबी गर्दैै थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले अदालतबाट नगरपालिकालाई त्यस्तो कुनै पत्र प्राप्त नभएको स्पष्ट पारिन् । 
    अहिले  हुलाकी सडक निर्माणका लागी राजविराजको वडा नं ६ र ७, कंचनपुर रोड, राजरंगशाला भएर सिरहा रोड छुने गरी नक्साकंन भएको छ । सोही अनुसार कामलाई गति प्रदान गर्न अवैध भौतिक संरचनामा डोजर चलाइएको कार्यवाहक नगर प्रमखु परवीनको भनाई छ । उनले हुलाकी मार्गको नक्साकंनमा परेको कंचनपृुर रोडको दायाँ बायाँ समेत अतिक्रमित जग्गा खाली गराउने काम छिट्टैं सुरु गर्ने जानकारी पनि दिइन ।
    विकास निर्माण कार्यमा कोही पनि बाधक बन्न नहुने जिकीर गर्दै उनले निकट भविष्य मै राजविराज हटिया प्रवेश गर्ने भित्री सडक तथा राजविराज कारागार क्षेत्र वरीपरीको अतिक्रमण खाली गराउने तैयारी भईरहेको जानकारी दिइन । हुलाकी मार्ग फराकिलो तथा हटिया बजार र कारागारलाई व्यवस्थित बनाउन उक्त कदम चालिएको उनको भनाई छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
करेन्ट लागेर पुनः एक युवकको मृत्यु
करेन्ट लागेर पुनः एक युवकको मृत्यु
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा