प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस

राजविराज राजविराज
|
मंगलबार, मंसिर १२, २०८०
|
|
२० पटक हेरिएको
Shares
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस

सारांश

  •     सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गर्न दवाब दिने उदेश्यले गठित आन्दोलन परिचालन समितिको अगुवाईमा राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरेको हो ।
  •       प्रतिष्ठानको शिलान्यास गरेको अढाई वर्ष भन्दा बढी भई सक्दा पनि सरकारले निर्माण कार्य अघि बढाउन कुनै चासो नदेखाएको भन्दै स्थानीयले विगत ४६ दिनदेखि रिले अनसन बसेका छन् ।
  •       सोही अनसनप्रति समर्थन जनाउँदै सप्तरी युथ नेपालले पनि थप दवाब दिन आन्दोलन परिचालन समिती गठन गरी अघि बढेको सप्तरी युथ नेपालका कार्यवहाक अध्यक्ष मोहन यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 

    रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सूरु गर्न मागँ गर्दै मंगलवार राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरिएको छ । 
    सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गर्न दवाब दिने उदेश्यले गठित आन्दोलन परिचालन समितिको अगुवाईमा राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरेको हो । 
    प्रतिष्ठानको शिलान्यास गरेको अढाई वर्ष भन्दा बढी भई सक्दा पनि सरकारले निर्माण कार्य अघि बढाउन कुनै चासो नदेखाएको भन्दै स्थानीयले विगत ४६ दिनदेखि रिले अनसन बसेका छन् । 
    सोही अनसनप्रति समर्थन जनाउँदै सप्तरी युथ नेपालले पनि थप दवाब दिन आन्दोलन परिचालन समिती गठन गरी अघि बढेको सप्तरी युथ नेपालका कार्यवहाक अध्यक्ष मोहन यादवले बताए । 
    आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र यादवले घोषित आन्दोलन कार्यक्रम अनुसार १३ मंसिरमा दिउसै टर्च बालेर नेता तथा साँसदको खोजी तथा १४ र १५ मंसिरमा लगातार दुई दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए । 
    स्थानीय राजंगशालाबाट सिठ्ठी बजाउँदै निस्केको यूवाहरुको जुलुश बजार क्षेत्र परिक्रमा पश्चातयस्् गजेन्द्र चौकमा पुगी कोण सभामा परिणत भएको थियोे । 
    कोण सभालाई आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादव, रामकुमार दास, अखिलेशझा, मुस्तकिम आलम, सुरज यादव, वषन्त यादव, जयराम यादव, अनिल यादव, पशुपती कर्ण, श्याम राउत लगायतले सम्बोधन गर्दै प्रतिष्ठानको काम अविलम्ब सूचारु न गरिए आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान